कपिलवस्तु । आसन्न स्थानीय तह निर्वाचन नजिकिदै जादा कपिलवस्तुका विभिन्न राजनितिक दलहरुले कपिलवस्तु प्रचारप्रसार, घरदैलो एवम् सम्पर्क कार्यालय स्थापना गर्ने कार्यलाई तिब्रता दिएका छन् ।
यसै क्रममा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले शिवराज नगरपालिका १ नम्बर वडाले पनि निर्वाचन परिचालन सम्पर्क कार्यालय स्थापना गरेको छ ।
सम्पर्क कार्यालय उद्घाटनकाक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका नेकपा एमाले कपिलवस्तु जिल्ला कमिटी सचिब चन्द्रबहादुर गहतराजले बिगत देखि नै बलियो अवस्थामा रहेको नेकपा एमाले शिवरज १ नम्बर वडा आगामी निर्वाचनमा अझ सशक्त र बलियो हुनेमा ढुक्क भएको बताउदै बिगतको भन्दा फराकिलो मतान्तरले उमेदवार लाई विजयी बनाउन पार्टी कमिटी एवम् सुबेछुक सबै एक मन र एकताका साथ लाग्नुपर्ने बताए ।
त्यस्तै एमाले शिवराज नगर कमिटी अध्यक्ष जगत पौडेलले नेकपा एमालेको नेतृत्वको सरकार ढालेर देश लाई बर्वाद बनाउने तत्वहरु सङ्ग जनता आजित भएकाले मुलुकभर सत्तापक्षबाट देशभक्त राष्ट्रप्रेमी जनप्रतिनिधि, नेता कार्यकर्ता प्रतिपक्षी दलमा प्रवेशको लहर चलेको बताउदै समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकान्क्षा पुरा गर्न सबै नेकपा एमालेमा समाहित हुन आह्वान गरे ।
जिल्ला सल्लाहकार सदस्य जगत बहादुर जिसी, जिल्ला कमिटी सदस्य बाबुराम सापकोटा , गणेश केसी लगायतले वडाले सर्वसम्मत रुपमा उमेदवार छनोट गरेर सिफारिस गर्न आग्रह गर्दै एमाले नेतृत्वको सरकारले गरेका काम लाई जनतामाझ बुझाउदै समृद्ध नेपाल सुखी नेपाली बनाउने बाकी सपना पुरा गर्न सबै लाग्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रम शिवराज नगरपालिका १ नम्बर वडा कमिटी अध्यक्ष ढुण्डिराज अधिकारीको अध्यक्षता, नेकपा एमाले कपिलवस्तु जिल्ला सचिव चन्द्रबहादुर गहतराजको प्रमुख आतिथ्यता एवम् एमाले वडा सहसचिव कमला काफ्लेको सन्चालनमा सम्पन्न कार्यक्रममा नेकपा एमालेका नगर एवम् जिल्ला स्तरीय नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।