२१ कार्तिक २०८२, शुक्रबार
spot_img
२१ कार्तिक २०८२, शुक्रबार
spot_img

आज रामनवमी पर्व; श्रद्धा र भक्तिपुर्वक भगवान् रामको स्मरण गरि मनाइदै

spot_img

हरेक वर्षको चैत्र शुक्ल नवमीका दिन श्रद्धा र भक्तिपूर्वक रामको पूजाआराधना गरी मनाइने रामनवमी पर्व आज मनाइँदैछ।

आज देशभरका राम मन्दिरमा विशेष पूजा आराधना गरी मनाउने परम्परा छ । आजका दिन व्रत बसी रामको पूजापाठ र जप ध्यान गर्नाले चिताएको कार्य पूरा हुने विश्वास रहिआएको छ।

पितृ मातृ भक्त, ठूलालाई आदर र सानालाई माया गर्ने आदर्श पुरुषका रुपमा रामले अयोध्यामा राज्य गरेकाले उहाँको शासनकाललाई अहिले पनि रामराज्यका रुपमा स्मरण गरिन्छ । सृष्टिमा दुर्जनको अन्त्य गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुले रामका रुपमा मनुष्यलोकमा जन्म लिएको धार्मिक विश्वास छ।

राम नवमीका अवसरमा काठमाण्डौको बत्तीसपुतलीमा रहेको राम मन्दिर, पशुपति आर्यघाट पारिको राममन्दिर लगायत देशभरका राम मन्दिरमा भक्तजनहरुको विशेष घुइँचो लाग्ने गर्छ । आजको दिन जनकपुरको रामजानकी मन्दिरमा विशेष मेला लाग्छ ।

यसैबीच, राम नवमीका अवसर पारेर आज सरकारले सार्वजनिक बिदा समेत घोषणा गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै