२४ कार्तिक २०८२, सोमबार
spot_img
२४ कार्तिक २०८२, सोमबार
spot_img

अर्घा भगवतीमा भक्तजनहरुको घुइँचो

spot_img

अर्घाखाँची ।  सन्धिखर्क नगरपालिका-९ अर्घामा रहेको अर्घा भगवती मन्दिरमा रामनवमीको अवसरमा विहानैदेखि भक्तजनहरुको घुइँचो लागेको छ। बाईसे, चौबिसे राज्यअन्तर्गत पर्ने यस मन्दिरमा पूजाआजा गर्न बिहानैदेखि भक्तजनको घुइँचो बढेको मन्दिरका पुजारी धर्म पोख्रेलले बताए।

चैते दशैँको महाअष्टमीको अवसरमा गएराति कालरात्री पूजा भएको मन्दिरमा आज मर्यादा पुरुषोत्तम भगवान रामको रथयात्रा निकाल्ने कार्यक्रम रहेको अर्घा भगवती मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष सरोज भुसालले बताए।

सन्धिखर्क नगरपालिकाले यहीँ मन्दिरमा एसियाकै ठूलो भगवती देवीको मूर्ति बनाउन थालेको छ। जसका कारण पछिल्लो समय धार्मिक पर्यटकहरुको संख्यामा वृद्धि पनि भएको छ।

अर्घा भगवती मन्दिरमा दशैँको कोजाग्रत पूर्णिमाको दिन सबैभन्दा ठूलो मेला लाग्ने गर्दछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै