२४ कार्तिक २०८२, सोमबार
spot_img
२४ कार्तिक २०८२, सोमबार
spot_img

कर्मचारी युनियन अर्घाखाँचीको भित्तेपात्रो विमोचन

spot_img

अर्घाखाँची । नेपाल निजामती कर्मचारी युनियन अर्घाखाँचीको भित्तेपात्रो विमोचन, शुभकामना आदान प्रदान, तथा स्वागत सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संसदीय दलका सचेतक पुस्पा भुसाल लगायतका नेताहरुले नयाँ बर्षको भित्तेपात्रो विमोचन गरेका हुन् ।

कार्यक्रममा मन्तब्य राख्दै कांग्रेस केन्द्रीय सदस्य भुसालले कर्मचारीको हकर हितका लागि नेपाली कांग्रेस लागि पर्ने बताईन । लोकतन्त्र बिना कर्मचारीको हक अधिकार पनि स्थापित नहुने भएकाले लोकतान्त्रिक ब्यबस्थाको संरक्षण गर्न सबै कर्मचारीहरु लाग्नु पर्ने उबको भनाई छ ।

कार्यक्रममा लुम्बिनी प्रदेशका सह महामन्त्री विष्णु प्रसाद खनाल (मुस्कान), जिल्ला सभापति केशव श्रेष्ठ, पुर्ब पाटी सभापति तथा सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसाल, जिल्ला उपसभापति विष्णु प्रसाद भुसाल, सचिव कृष्ण प्रसाद खनाल, नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय सचिव प्रकाश भट्टराई , कांग्रेस नेता यादव प्रसाद घिमिरे, आधिकारिक ट्रेड युनियनका अध्यक्ष कृष्ण वर्मा लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा निजामती कर्मचारी युनियनको केन्द्रीय सचिवमा निर्बाचित प्रकाश भट्टराई लाई सम्मान तथा नयाँ जिल्लामा आउने कर्मचारीहरुलाई स्वागत गरेको छ ।

कार्यक्रम नेपाल निजामती कर्मचारी युनियनका जिल्ला अध्यक्ष माधव प्रसाद अर्यालको सभापतित्व र कोषाध्यक्ष शिवहरी खनालको सञ्चालनमा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै