२५ मंसिर २०८२, बिहिबार
spot_img
२५ मंसिर २०८२, बिहिबार
spot_img

शिवराजमा एमालेको आक्रामक चुनावी अभियान, शिवपुरमा एमाले प्रवेशमा युवहरुको आकर्षण

spot_img

स्थानीय तह निर्वाचन लक्षित गरी नेकपा एमाले शिवराजले चुनावी प्रचारको आक्रामक थालनी गरेको छ । वडा तहहरुमा एमाले प्रतिको जनलहरले हौसिएको एमालेले आज शिवराज १ शिवपुरमा वडा कमिटीले आयोजना गरेको कार्यक्रममा पनि युवाहरुको एमाले प्रति आकर्षक देखिएको छ । विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्नेलाई नेकपा एमालेका जिल्ला सचिव तथा लुम्बिनी प्रदेश सभा सदस्य अर्जुनकुमार केसी, मेयरका उमेदवार महादेव पोख्रेल, उपमेयरकी उमेदवार शिवकुमारी चौधरी, वडा अध्यक्षका उमेदवार खिमबिक्रम केसी लगायतले टिका लगाएर पार्टी प्रवेश गराएका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि केसीले गत निर्वाचनमा देशका जुन जुन स्थानमा एमालेले जितेको छ ति स्थानमा तुलनात्मक हिसावले राम्रा काम भएको जिकिर गर्दै सरकारी तथ्यांक हेर्दा पनि शिवराज नगरपालिका र वडाहरुमा एमाले बाट विजयी जनप्रतिनिधिले राम्रो काम गरेको बताए ।

त्यस्तै मेयरका उमेदवार महादेव पोख्रेलले नेकपा एमालेले यसपटक आफुलाई जनताको सेवा गर्न उमेदवार बनाएको पठाएको बताउदै जनताको माया र मतले विजयी भइ जनपक्षीय काम गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो, त्यस्तै उपमेयरकी उमेदवार शिवकुमारी चौधरीले पहिलो कार्यकालमा जनताको मतले विजयी भइ जनताप्रति उत्तरदायी भएर सेवा गरेकाले यसपटक निर्वाचन जित्न कठिनाइ नहुने बताए ।

त्यस्तै एमालेको तर्फबाट शिवराज नगरपालिका १ नम्बर वडाका लागी वडा अध्यक्षका उमेदवार खिमविक्रम केसीले एक नम्बर वडा लाई सदा एक नम्बरनै बनाउने गरी काम गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

नेकपा एमाले शिवराज १ नम्बर वडा कमिटीका अध्यक्ष ढुण्डीराज अधिकारीको अध्यक्षता, नेकपा एमाले जिल्ला सचिब तथा लुम्बिनी प्रदेश सभ सदस्य अर्जुनकुमार केसीको प्रमुख आतिथ्यता र वडा सचीव केसर थापाको सन्चालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (83%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (17%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै