अर्घाखाँची । यहि आउदो बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनको प्रचार प्रसारमा जिल्लाको विभिन्न विद्यालयमा पढाउने शिक्षक सङ्लग्न भएको पाइएको छ ।
राजनीतिक दलको मनोनयन तथा चुनाबी सभामा विद्यालयको पठन पाठनलाइ प्रभाब पार्ने गरि प्रत्यक्ष रुपमा शिक्षकहरु राजनीतिक दलको चुनाबी कार्यक्रममा सहभागी भएको पाइएको छ ।
कतिपय शिक्षकहरुले टिकटक बनाइ राजनीतिक दलको प्रचार प्रसार समेत गरेको पाइएको छ । यसरी प्रचार प्रसार गर्नेमा जिल्लाको पानीनी गाउँपालिका -७ मा रहेको शिवमदन माद्यमिक विद्यालयको माद्यमिक तहमा कार्यरत शिक्षक सीता बन्जाडे भुसाल, सन्धिखर्कको पार्बती आधारभूत विद्यालयमा कार्यरत शिक्षक सीता क्षेत्री ,मालारानी -५ मा कार्यरत करिश्मा खनाल( छमा खनाल) ने.क.पा. एमालेको प्रचारमा लागेको पाइएको हो ।
कुनै पनि शिक्षक राजनीतिक दलको प्रचार प्रसारमा जान वा सङ्लग्न हुन नहुने शिक्षा एन तथा नियमावलीमा ब्यबस्था भएपनी उनिहरुले नियम कानुनको धज्जी उडाएको पाइएको छ ।













