२४ कार्तिक २०८२, सोमबार
spot_img
२४ कार्तिक २०८२, सोमबार
spot_img

निर्वाचन प्रयोजनका लागि तीन दिन बिद्यालय पूर्णत: बन्द रहने

spot_img

काठमाडौ- आगामी  वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन केन्द्रको रुपमा प्रयोग हुने बिद्यालयहरु ३ दिन पुर्ण रूपमा बन्द रहने भएका छन। निर्वाचन आयोगले मतदान तथा निर्वाचनसम्बन्धी व्यवस्थापकीय कार्य सञ्चालन गर्नका लागि तीन दिन मतदान केन्द्र रहने विद्यालय बन्द गर्न आग्रह गरेको गरेको हो।

यस अनुरुप वैशाख २८ गतेदेखि ३० गतेसम्म ३ दिनका लागि मतदान केन्द्र रहेका विद्यालयहरूको उपयोग गर्नुपर्ने भएकोले तोकिएका विद्यालयहरू तीन दिन बन्द रहने छन।

निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार मतदान केन्द्र रहेका विद्यालयहरूको भौतिक उपस्थिति नगराइ वैकल्पिक विधिबाट पठनपाठन गर्ने व्यवस्था मिलाउन मुख्य सचिवमार्फत नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय भएको जानकारी दिए ।

यसैगरी निर्वाचनका लागि मतदान स्थल तथा केन्द्र तोकिएका सार्वजनिक विद्यालयको भवन एवम् भौतिक संरचना मतदान प्रयोजनका लागि उपलब्ध गराउन नेपाल सरकार संघीय मामिला तथा सामान्य मन्त्रालयमार्फत् सबै स्थानीय तहमा लेखी पठाउने समेत जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (100%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै