२५ मंसिर २०८२, बिहिबार
spot_img
२५ मंसिर २०८२, बिहिबार
spot_img

उम्मेदवारी फिर्ता नलिए बागी, प्रस्तावक र समर्थक कांग्रेसबाट स्वत: निष्कासनमा पर्ने

spot_img

काठमाडौं – सत्तारूढ दल नेपाली कांग्रेसले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि बागी उमेदवार दिएकाले नाम फिर्ता नलिए पार्टीबाट निष्कासन गर्ने उर्दी जारी गरेको छ ।

पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आज बेलुका ५ बजेभित्र त्यसरी दर्ता गराइएको उमेदवारी फिर्ता लिन निर्देशन दिएका छन्। यदि फिर्ता नलिए  विद्रोही उमेदवार, निजको प्रस्तावक र समर्थक पार्टीबाट स्वतः निष्कासित हुने जानकारी गराएका हुन्।

‘२०७९ वैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस पार्टीका आधिकारिक उमेदवारका विरुद्ध पार्टीका कुनै सदस्यले विद्रोही उमेदवारी दर्ता गरे/गराएको भए निर्वाचन आयोगद्वारा तोकिएको मिति र समय (आज वैशाख १६ गते शुक्रबार बिहान १० देखि ५ बजेसम्म) उमेदवारी फिर्ता लिई पार्टीका आधिकारिक उमेदवारलाई विजयी बनाउन सक्रिय भूमिका निर्वाह गर्नुहुन निर्देशानुसार अनुरोध गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ।

तोकिएको समयभित्र ‘बागी’ उमेदवारी फिर्ता नलिए पार्टीबाट स्वतः निष्कासित हुने चेतावनी पनि दिइएको छ।

‘तोकिएको मिति र समयभित्र आफ्नो उमेदवारी फिर्ता नलिएमा त्यस्ता विद्रोही उमेदवार, निजको प्रस्तावक र समर्थकको पार्टी सदस्यता नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ४ (१३) (ग) बमोजिम समाप्त भई पार्टीबाट स्वतः निष्कासित हुने व्यहोरा जानकारी गराइन्छ, विज्ञप्तिमा अगाडि भनिएको छ।

निर्वाचन आयोगले आज बेलुका ५ बजेसम्म उमेदवारी फिर्ताको समय तोकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै