२५ मंसिर २०८२, बिहिबार
spot_img
२५ मंसिर २०८२, बिहिबार
spot_img

प्रतिगमनकारीलाई परास्त गर्न यो चुनावलाई उपयोग गर्नुपर्नेछ: माधव नेपाल

spot_img

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मजदुर दिवसमा शुभकामना दिएका छन्।

उनले श्रमिकहरुको हक, अधिकार, सुविधा र असल श्रम सम्बन्ध सुनिश्चित गर्न अन्तर्राष्ट्रिय श्रमिक दिवसले प्रेरणा दिनेछ भन्ने विश्वाससमेत गरेका छन्।

उनले स्थानीय चुनाव नजिकिएको भन्दै यो चुनावबाट प्रतिगमनकारीलाई परास्त गर्नुपर्ने बताए।

‘निकट भविष्यमा स्थानीय तहको चुनाव आउँदैछ। श्रमिक आन्दोलन, विभिन्न कालखण्डका जनआन्दोलनहरुमा श्रमजीवी जनताले गरेको बलिदानीपूर्ण संघर्षका उपलब्धीहरुको रक्षा गर्ने, प्रतिगमनकारीहरुलाई सैद्धान्तिक तथा व्यवहारिक रुपमा परास्त गर्ने अवसरका रुपमा यो चुनावलाई उपयोग गर्नुपर्नेछ,’ उनले भने।

श्रमजीवी जनताको हित, विकास र समाजवादको आधार निर्माण गर्न नेपाली जनताले आफूहरूलाई विश्वासको मत दिने उनले बताएका छन्।

उनले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा सुरक्षित कार्यथलो‚ उचित पारिश्रमिक, सामाजिक सुरक्षा, नीति निर्माणमा श्रमिक वर्गको सहभागिता, सबै प्रकारका विभेदको अन्त्य गर्दै श्रमिकको जीवनमा प्रत्यक्ष अनुभूत हुने गरी काम गर्न सरकारको ध्यानाकर्षण पनि गराएका छन्।

अहिले देशमा ठूलो मात्रामा सक्रिय युवा जनशक्ति श्रमका लागि बिदेशिने गरेको भन्दै उनले स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराई उनीहरुको ज्ञान, सीप र ऊर्जा देश विकासमा लगाउनुपर्ने पनि बताए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै