२४ मंसिर २०८२, बुधबार
spot_img
२४ मंसिर २०८२, बुधबार
spot_img

दुईवर्षभित्र १ घर १ धारा सम्पन्न गर्ने पाणिनि ६ का वडाध्यक्ष पौडेलकोे पहिलो निर्णय

spot_img

अर्घाखाँची,  अर्घाखाँची जिल्लाको पाणिनि गाउँपालिका वडा नं ६ धातिवाङ्गमा नवनिर्वाचित वडा अध्यक्ष कृष्णप्रसाद पौडेल, वडा सदस्यहरू तारा पौडेल, खगेश्वर पौडेल, हरिप्रसाद पौडेल र पुनीकुमारी कामीले पदभार ग्रहण गर्नुभएको छ । बिहान ८ बजे वडा कार्यालयमा धार्मिक विधिअनुसार पदभार ग्रहण गर्नुभएको हो ।

वडाका कार्यवाहक वडा अध्यक्ष पुनाराम पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सदस्य डा इन्द्रमणि पौडेलले जनप्रतिनिधिहरूले मुस्कान सहितको सेवा दिन आग्रह गर्नुभएको छ ।

कार्यक्रममा नेकपा एमाले धातिवाङ्गका अध्यक्ष टामलाल पौडेलले जनताको प्रतिनिधि भएर काम गर्न आग्रह गर्नुभएको छ । कार्यक्रममा समाजसेवी थानेश्वर पौडेल,नोपाली कांग्रेसका कार्यवाहक सभापति तारापति पौडेल, पाणिनि गाउँपालिका कृषि शाखा प्रमुख मेगराज पौडेल, धातिवाङ्ग स्वास्थ्य चौकी इन्चार्ज मित्रदेव पौडेल, अमर आधारभुत विद्यालयका प्रअ हिमलाल पौडेल लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

पदभार ग्रहण पछि बसेको वडाको बैठकले आगामी २ वर्षभित्र धातिवाङ्गका सबै घरधुरीमा खानेपानीको व्यवस्था पुर्‍याउन १ घर १ धारा अभियान सम्पन्न गर्ने गरि निर्णय गरेको छ ।

कार्यक्रम वडा सचिव गिता वाग्लेको स्वागत तथा कर्मचारी इन्द्रमणि पौडेलको सञ्चालनमा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (50%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (50%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै