८ माघ २०८२, बिहिबार
spot_img
८ माघ २०८२, बिहिबार
spot_img

घोषणापत्र लागू भएका दिन सबै मिलेर विजय उत्सव मनाऔंला- बालेन शाह

spot_img

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा जित सुनिश्चित भएपछि स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले असल नेतृत्वमा हुनुपर्ने गुण प्रस्तुत गरेका छन् । घोषणापत्रमा उल्लेख भएका कुरा लागू गर्न सकेका दिनमात्रै सबै मिलेर विजय उत्सव मनाउन उनले आफ्ना शुभचिन्तकहरुलाइ आग्रह  गरेका छन् ।

उनले अहिले नै विजय जुलुस भनेर अरुलाई पराजित भन्ने संकेतसम्म पनि नगर्न शुभचिन्तकलाई सामाजिक सन्जालमार्फत आग्रह गरेका छन् ।

‘स्थानीय तह निर्वाचन २०७९ मा हामीलाई मत दिने, समर्थन गर्ने तथा निर्वाचन प्रकृयामा सामेल हुने सबैलाई धन्यवाद छ’ उनले फेसबुकमा लेखेका छन्’ ‘अहिले यति भन्न सकिन्छ कि, हामी काठमाडौं महानगरको जिम्मेवारी बोक्न योग्य छौँ भनेर महानगरका मतदाताहरुले हामीलाई विश्वास गर्नु भएको छ । यहाँ विश्वासको कुरा छ । विश्वासमा जीत वा हार हुदैन ।’

उनले आफुलाई करिब ३५ प्रतिशत मतदाताले रोजेको र बाँकी ५० प्रतिशत जति मतदाताहरुले अरुलाई छनौट गरेको उनले उल्लेख गरेका छन् । ‘हामीलाई मत हाल्ने ३५ प्रतिशतको शिर उँचो पार्दै गर्दा बाँकी ५० प्रतिशतको शिर निहुराउनु पर्ने काम वा संकेत भएको छ कि भन्नेमा ध्यान दिनु पर्छ’ उनले भने ‘महानगरको उन्नतिका लागि सबैसँग सहकार्य गर्नु नै पर्छ ।’

उनले दोस्रो, ठाउँबाट र्यालीका लागि काठमाडौं आउने चर्चा रहेको भन्दै कोही पनि र्यालीका लागि काठमाडौं नआउन आग्रह गरेका छन् । यो एक अभियान भएको भन्दै यसको स्वामित्व हरेक नेपालीले जहाँबाट जसरी पनि लिन सकिने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै