२४ मंसिर २०८२, बुधबार
spot_img
२४ मंसिर २०८२, बुधबार
spot_img

बेहुलाको टाउकोमा कपाल नभएको थाहा पाएपछि बेहुलीले अस्वीकार गरिन् बिहे

spot_img

काठमाडौँ –  भारतको उत्तर प्रदेशमा बेहुलाको टाउकोमा कपाल नभएको भन्दै एक बेहुलीले मण्डपबाटै विवाह छाडेकी छिन्।  उत्तर प्रदेशको उन्नाओ जिल्लामा विवाहको बीचमा बेहुलाको टाउकोमा कपाल नभएको थाहा पाएपछि बेहुलीले विवाह गर्न अस्वीकार गरेकी हुन्।

मण्डपको कार्य गर्नुभन्दा अगाडि बेहुला बेहोस भएर लडेका थिए। सो क्रममा उनको टोपी झरेको थियो। यससँगै त्यहाँ उपस्थित सबैले बेहुलाको टाउकोमा कपाल नभएको देखेका थिए।

त्यसपछि विवाह गर्न अस्वीकार गरेकी बेहुलीलाई अन्य मानिसहरुले सम्झाउने प्रयास गरे पनि उक्त प्रयास सफल हुन सकेन।  बेहुली पक्षले विवाह तय हुनुभन्दा पहिला नै बेहुलाको टाउकोमा कपाल नभएको कुरा लुकाइएको आरोप लगाएको छ।

यो मुद्दा स्थानीय प्रहरीकोमा पनि पुगेको थियो। तर, त्यहाँ पनि बेहुलीले आफ्नो अडान छाडिनन् र विवाह गर्न अस्वीकार गरिन्।

अन्ततः गाउँ पञ्चायतको बैठकमा यो कुरा पुगेको थियो। जहाँ बेहुली पक्षले विवाहमा ५ लाख ६६ हजार खर्च भएको बताएका थिए। बेहुला पक्षले बेहुली पक्षको माग स्वीकार गर्दै सबै पैसा फिर्ता गरेको थियो। त्यसपछि बेहुला बेहुली बिना नै कानपुर फर्किएका थिए।

बेहुलीका काकाले बेहुला पक्षले यसअघि नै बेहुलाको टाउकोमा कपाल नभएको विषयमा जानकारी दिएको भए यो घटना नहुने बताए।

सुरुवात नै झूटबाट भएकाले यो सम्बन्ध अघि नबढाउने निष्कर्षमा पुगेको उनको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (100%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै