८ माघ २०८२, बिहिबार
spot_img
८ माघ २०८२, बिहिबार
spot_img

बलात्कार मुद्दामा हदम्याद हटाउने गृहकार्य भइरहेको छ: प्रधानमन्त्री

spot_img

काठमाडौं  – बलात्कार मुद्दामा हदम्याद हटाउने गृहकार्य भइरहेको प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन्।

उनले बलात्कार घटनामा रहेको एक वर्षे हदम्याद हटाउने तयारी भएको बताएका हुन्।

आज नेपाली कांग्रेसका सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) को नेतृत्वमा गएको सांसदसहित नेताहरूको टोलीले बुझाएको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री देउवाले बलात्कार मुद्दामा हदम्याद हटाउने बताए।

सहमहामन्त्री उपाध्यायले बलात्कार घटनामा हदम्याद तत्काल हटाउन सरकारले गृहकार्य गरिरहेको प्रधानमन्त्री देउवाले बताएको जानकारी दिइन्।

सहमहामन्त्री उपाध्याय नेतृत्वको टोलीले स्थानीय तहमा संविधानले तोकेको महिला प्रतिनिधित्व घटेकोमा समेत ध्यानाकर्षण गराएका थिए।

ध्यानाकर्षण पत्र बुझाउँदै कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुषालले स्थानीय निर्वाचनबाट महिला प्रतिनिधित्व पार्टीबाट कम भएको बताएकी थिइन्।

प्रदेश र संघीय चुनावमा भने महिलाहरुको सम्मानजनक उपस्थिति हुनुपर्ने उनले बताइन्।

कांग्रेस सभापतिसमेत रहेका देउवाले स्थानीय चुनावमा महिलाको प्रतिनिधित्व कम भएकोमा स्वीकार गर्दै यो विषयमा छलफल गर्दै कमजोरी सुधार गर्दै जाने प्रतिवद्धता जनाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै