८ माघ २०८२, बिहिबार
spot_img
८ माघ २०८२, बिहिबार
spot_img

वाइडबडीमा छानबिन गर्न एमाले अध्यक्ष ओलीको चुनौती

spot_img

काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओलीले वाइडबडी काण्ड छानबिन गर्न संसद्बाट प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनौती दिएका छन्।

उनले संसद्मा नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै आफूमाथि वाइडबडी काण्ड भ्रष्टाचार गरेको आरोप लागेको भन्दै छानबिन गर्न आग्रह गरे।

‘वाइडबडीदेखि अन्यमा मलाई जोडियो। यसमा कसले सम्झौता ग¥र्यो कसले भुक्तानी दियो। मैले  त सम्झौता भएपछि अन्तिम किस्ता मात्र दिएको हुँ’, उनले  चुनौती दिँदै भने, ‘यसमा पनि भ्रष्टाचार भएको लाग्छ भने छानबिन गर्नुस्, को–को कसरी संलग्न छन्।’

उनले ३३ किलो सुनकाण्ड पनि अरुले गरेको र आफूले छानबिन गरेको दावी गरे। ‘३३ किलो सुनकाण्ड मैले छानबिन गराएको हुँ। सुनको कारोबारी गिरफ्तार हुन थालेपछि विरोध भएको हो,’ उनले भने, ‘सुन तस्करीका सबै बाटो बन्द भयो अनि आलोचना सुरु भयो। त्यस्तै बालुवाटार काण्ड भएकै थिए मेरो सरकारले छानबिन गरेर मुद्दा दायर गरेको हो।’

कसको निर्णयबाट बालुवाटारको सरकारी जग्गा व्यक्तिको भयो भन्ने विषयमा छानबिन गर्न पनि उनले आग्रह गरे। उनले २० देखि ४० अर्ब केपी ओलीसँग पैसा छ भनेर आरोप लागेको तर आफूले सबै सम्पत्ति राज्यलाई दिएकाले यस्ता निराधार कुरा गर्न आवश्यक नहुने दावी गरे।

उनले आफ्नो सम्पूर्ण चल–अचल सम्पत्ति राज्यको नाममा गरेको भन्दै अब किन भ्रष्टाचार गर्ने भन्दै प्रश्न गरेका छन्। आफूभन्दा अगाडि आफ्नो सम्पत्ति हस्तान्तरण गर्ने कोही निस्कन पनि चुनौती दिएका छन्। उनले अन्य पूर्व प्रधानमन्त्रीलाई पनि यस्तो गर्न चुनौती दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै