२१ कार्तिक २०८२, शुक्रबार
spot_img
२१ कार्तिक २०८२, शुक्रबार
spot_img

सन्धिखर्कका १५ जना कृषकलाई हाते ट्याक्टर

spot_img

सन्धिखर्क ।  अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले १५ जना कृषकहरुलाई हाते ट्याक्टर वितरण गरेको छ।

कृषकहरुको मागका आधारमा ५० प्रतिशत अनुदानमा १५ जना व्यवसायीक कृषकहरुलाई हाते ट्याक्टर वितरण गरिएको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताए।

कृषकहरुलाई प्रविधिमैत्री बनाउन तथा कम लागतमा मुनाफा धेरै कमाउने बनाउन कृषकहरुलाई मिनि टिलर वितरण गरिएको नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले बताए। उनले व्यासायीकरुपमा खेती किसानी गर्ने कृषकहरुलाई नगरपालिकाले विशेष खालका कार्यक्रम सञ्चालन गर्ने बताए।

गाउँगाउँका कृषकहरुलाई गोरु पाल्ने झन्झटबाट मुक्त गरी सजिलो माध्यमबाट कृषि पेशा अगाल्ने बनाउन कृषकहरुको मागका आधारमा मिनि टिलर वितरण गरिएको नगरपालिकाका उपप्रमुख मिश्रा आचार्यले बताइन्। कार्यक्रम नगरपालिकाका कृषि शाखा प्रमुख राजेन्द्र भट्टराईको सञ्चालनमा सम्पन्न भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै