८ माघ २०८२, बिहिबार
spot_img
८ माघ २०८२, बिहिबार
spot_img

‘साउदी सरकारको निर्णय अनुसारनै हज यात्राको शुल्क वृद्धि’

spot_img

काठमाडौं – साउदी अरब सरकारले निर्धारण गरे अनुसारनै हज यात्रा गर्नका लागि शुल्क निर्धारण गरिएको नेपाल हज समितिले बताएको छ ।  नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँले साउदी अरब सरकारले निर्धारण गरे अनुसारनै मक्कामा हज यात्राका लागि शुल्क निर्धारण गरिएको प्रष्ट्याएका हुन् ।

उनले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी साउदी अरब सरकारको निर्णय अनुसारनै यस वर्षको हज यात्राका लागि शुल्क वृद्धि भएको पनि स्पष्ट पारे ।  शुल्क वृद्धि गरेर समितिका पदाधिकारीहरुले अनियमितता गरेको चर्चा भइरहेका बेला अध्यक्ष मियाँले यस्तो जवाफ दिएका हुन् । उनले साउदी अरब सरकारले नै वृद्धि गरेर शुल्क निर्धारण गरेको र सोही अनुसार अघि बढ्दा हजयात्राका लागि शुल्क वृद्धि हुन पुगेको उल्लेख गरे ।

अध्यक्ष मियाँले यस वर्षको हजयात्रीहरुलाई आगामी असार १५ गते भित्र मक्का पु¥याई सक्ने गरी आवश्यक तयारी भईरहेको पनि बताए । ‘नेपाल हज समितिले तोकेको शुल्क रकमका सन्दर्भमा नेपाल हज समितिका अध्यक्ष तथा समितिका अन्य पदाधिकारीहरुलाई लक्षित गरी साउदी अरवमा हुने खाना र घरभाडा शिर्षकमा व्यापक अनियमितता गरिएको भनि गरिएको दुस्प्रचारप्रति नेपाल हज समितिको गम्भिर ध्यानाकर्षण भएको छ’, उनले भने, ‘गत हज वर्ष २०१९ मा हज यात्राका लागि कूल २ लाख २९ हजार ७३१ रुपैयाँ शुल्क एकीन भई हज यात्रा गरिएकोमा यस वर्ष ४ लाख ६३ हजार ३९३ रुपैयाँ शुल्क रकम एकीन भएको सन्दर्भमा विगतभन्दा यस वर्ष शुल्क रकम वृद्धि भएको यथार्थ नै हो । शुल्क रकम वृद्धि हुनुको मुख्य कारण साउदी अरब सरकारले निर्धारण गरेको शुल्क रकममा आएको बृद्धि नै हो ।’

समितिले छनौट भएका हजयात्रीहरुलाई तोकिएको शुल्क यही जेष्ठ २३ गते भित्र जम्मा गरि सक्न पनि सचेत गराएको छ । समितिका अध्यक्ष मियाँले त्यसका लागि जेष्ठ १६ गतेको गोरखापत्र दैनिकमा सार्वजनिक सूचना जारी गरिएको पनि बताए ।

आर्थिक अवस्था कमजोर भएका इस्लाम धर्मावलम्वीहरुले हजयात्रा गर्न कठिनाई हुने भएकाले ५० प्रतिशत अनुदान उपलब्ध गराउन पनि पहल भईरहेको समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै