३ माघ २०८२, शनिबार
spot_img
३ माघ २०८२, शनिबार
spot_img

तत्काल मन्त्री परिवर्तन नगर्ने सत्ता गठबन्धनमा सहमति

spot_img

काठमाडौं । बालुवाटारमा बसेको सत्ता गठबन्धनको शीर्ष नेताहरूको बैठकमा तत्काल मन्त्री परिवर्तन नगर्ने सहमति भएको छ।

आज बिहान बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच कुराकानी भएको थियो।

यो छलफलमा तत्काल मन्त्री परिवर्तन नगर्ने सहमति बनेको छ।

‘तत्काल मन्त्री परिवर्तन नगर्ने, अलि पछि गर्ने भन्ने कुरा भएको छ,’ बैठकमा सहभागी जसपा अध्यक्ष उपेन्द्र यादवले भने ।

संसदमा बजेटबारे मन्त्रालयगत छलफल हुने र त्यहाँ मन्त्रीहरूले जवाफ पनि दिनुपर्ने भएकोले अहिले मन्त्री परिवर्तन नगर्ने सहमति भएको छ।

प्रधानमन्त्री देउवाको सचिवालय स्रोतले पनि अहिले मन्त्री परिवर्तन नहुने बताएको छ। ‘तत्काल मन्त्री परिवर्तन नगर्ने भन्ने कुरा भएको छ,’ स्रोतले भन्यो, ‘एकीकृत समाजवादीबाट लिखित रूपमा नयाँ मन्त्रीका नाम पनि आइसकेको थिएन।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै