३ माघ २०८२, शनिबार
spot_img
३ माघ २०८२, शनिबार
spot_img

बाटो खन्दै गरेको डोजरले फालेको ढुंगा लागेर विद्यार्थीको मृत्यु

spot_img

सडक निर्माणको क्रममा डोजरले फालेको ढुंगा लागेर गुल्मीमा एकजना विद्यार्थीको मृत्यु भएको छ।

मुसिकोट नगरपालिका वडा नम्बर ३ का १४ वर्षीय गगन रायमाझीको ढुंगाले लागेर मृत्यु भएको हो

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधवराज खरेलका अनुसार बिहीबार बिहान स्कुल जाने क्रममा बालकलाई ढुंगाले लागेको थियो।

प्रहरी नायब उपरीक्षक खरेलले सडक निर्माण भइरहेको बेला डोजरले फालेको ढुंगाले लागेर गम्भीर घाइते भएका बालकको अस्पताल लैजाने क्रममा मृत्यु भएको जानकारी दिए। बालकलाई स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि थप उपचारको लागि गुल्मी अस्पतालमा लैजाने क्रममा बाटोमै मृत्यु भएको खरेलले बताए।

अहिले बालकको शवलाई पोष्टमार्टमको लागि अस्पतालमा राखिएको छ भने डोजर चालकलाई नियन्त्रणमा लिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (100%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै