२४ मंसिर २०८२, बुधबार
spot_img
२४ मंसिर २०८२, बुधबार
spot_img

अर्घाखाँची उद्योग वाणिज्य संघको अधिवेशनमा तीन दलद्वारा बहिस्कार

spot_img

सागर महत
सन्धिखर्क  । जिल्लामा हुन लागेको उद्योग वाणिज्य संघको साधारणसभामा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)मा आवद्ध व्यवसायीहरूले बहिस्कार गरेका छन् ।

हालसम्म सहमतिमा अधिवेशन सम्पन्न भएको र अहिलेको अधिवेशनमा भने एमालेले आफ्नो राजनीतिक आस्था लाद्न खोजेको भन्दै तीन पार्टीनिकट व्यवसायीहरूले बहिस्कार गर्ने जनाएका हुन् ।

उद्योग वाणिज्य संघमा सबै विचारका व्यवसायीहरूलाई समावेश गरी साधारणसभा गर्ने भएमा मात्र आफूहरू सहभागी हुने वरिष्ठ उपाध्यक्ष नेत्र भुसालले बताउनुभयो ।

साधारणसभामा नेकपा (एमाले) र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन भएको छ । शनिबार हुने मतदानका लागि उनीहरूले आजै मतदान गर्ने कार्यतालिका छ ।

एमाले निकट व्यवसायीहरूले अध्यक्षमा प्रदिप मिश्रलाई यसअघि नै अगाडी सारिसकेका छन् भने जनमोर्चालाई उपाध्यक्ष, महासचिव र चार सदस्य दिनेगरी सहमति गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (100%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै