२५ मंसिर २०८२, बिहिबार
spot_img
२५ मंसिर २०८२, बिहिबार
spot_img

शृंखलाबद्ध रुपमा फसाईयो : राज्य मन्त्री वलि

spot_img

रुपन्देही ।  लुम्बिनी प्रदेशको स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री एवं सांसद विमला कुमारी खत्री ओली वाइसिएल नेता भनिने एकराज बस्नेत सगँ आर्थिक लेनदेनकाे काराेवार मिलाउन घरमा पुगेकाे अबस्थामा श्रीमती र छोरीमाथि कुटपिट गरेको भन्दै विवादिमा तानिएकी छिन ।

मन्त्री वली दाङको तुलसीपुर ५ बसपार्क स्थित मंगलबार बिहान पिएसओ सहित मन्त्रालयकै गाडीमा एकराजको घर गएकी थिइन । लेनदेनकाे काराेवार मिलाउन बस्नेतकाे निवासमा पुगेकी वलीलाई एकाएक नियाेजित तरिकाले
श्रीमती र छोरीमाथि कुटपिट गरेको आराेप लगाईएकाे छ ।

विवादित बनेकी राज्यमन्त्री वली ले घटनाकाे वास्तविकता भने फरक रहेको बताएकी छिन् । आफू र एकराजसँग भएको पैसाको कारोबार मिलाउन गएको बेला आफूलाई नियोजित तरिकाले फसाउनका लागि यस्तो प्रपन्च गरेको उनले बताईन ।

उनका अनुसार वाइसिएल नेता भनेर चिनिने एकराज बस्नेतसँग पुरानाे आर्थिक कारोबार थियो । त्यो कारोवार मिलाउनका लागि एकराजसँग एक हप्तादेखि छलफल भइरहेको थियो । फोनमा कुरा भएपनि एक हप्तादेखि सम्पर्कमा नआएर भागे पछि विमला घरमै जान बाध्य भएकि हुन ।

एकराजकाे घर जानुभन्दा केही समय अघिसम्म एकराज सगँ फाेनमा संबाद गरि एकराजले घरमै आउनु बसेर आर्थिक काराेवार मिलाउ भनेपछि मन्त्री वलि एकराजकाे घरमा पुग हुन घरमा पुग्न साथ एकराज घरबाट बाहिरिएकाे र माेवाईल अफ गरपछि भेटाउन नसकेको कारण घरपरिवारलाई एकराज खाई भनेर साेधपुछ गर्दै गर्दा एकराजको श्रीमतीले जेठाजु बीरेन्द्र लगायत स्थानियलाई बाेलाएर मेराे घर किन आईस भनेर जर्वरजस्ती धकेलाधकेल भएकाे उनले बताइन् ।
मन्त्री वलिले आफू सामान्य कुरा गरेर फर्किने तयारी गरेको भएपनि त्यहाँ चुकुल लगाएर भित्रै थुनेर मान्छे बोलाएर विवाद चर्काएको बताईन ।

लुम्बिनी प्रदेश सरकारले बजेट ल्याउने तयारिमा जुटिरहेकाे बेला अहिले सदन चलिरहेकाले राज्यमन्त्री वलीलाई प्रहरीकाे निगरानीमा बुटवल ल्याईएकाे छ । तत्कालीन प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेपछि प्रदेशमा माओवादीकाे मन्त्री पद पाएकि वली मंगलबार कुटपिटमा संलग्न भएकाे आराेप पश्चात शृखंलाबद्ध रुपमा विवादको भूमरीमा परेकि छन।

बुधबार संसदमा बजेट पेस गर्ने कार्यसूची छ। यस्तो अवस्थामा राज्यमन्त्री नै कुटपिटमा संलग्न भएको घटना सार्वजनिक भएपछि एमालेले सदनमा अवरोध गर्ने तयारी गरेको छ। एमालेले अहिलेसम्म त केही बताएको छैन। तर, राज्यमन्त्री ओलीलाई बर्खास्त नगरे सदन चल्न नदिने अडान राखकाे एमालेकाे एक स्राेतले बतायाे । घटना बारे छानबिन समिति गठन गरि अनुसन्धानकाे प्रक्रिया अगाडि बढाउने सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री तिलकराम शर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (100%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै