२४ मंसिर २०८२, बुधबार
spot_img
२४ मंसिर २०८२, बुधबार
spot_img

रवि लामिछानेले टेलिभिजन छाडे, काठमाडौं ३ बाट चुनाव लड्ने सम्भावना

spot_img

काठमाडौं – पत्रकार रवि लामिछाने राजनीतिमा आउने भएका छन्। ग्यालेक्सी फोर के टेलिभिजनमा ‘सिधा कुरा’ कार्यक्रमका सञ्चालक लामिछानेले टेलिभिजन छाडेका हुन्।

‘टेलिभिजनबाट औपचारिक बिदाइ कार्यक्रम भयो’, लामिछानेले सेतोपाटीसँग भने, ‘आज मेरो अन्तिम एपिसोड प्रशारण हुनेछ, ह्याण्डओभर कार्यक्रम गर्दैछु।’

लामिछानेले आफूले राजनीतिमा लाग्ने निधो गरेको समेत बताए। उनले कुन राजनीतिक दलबाट आफू उम्मेदवार बन्न लागेको भन्ने खुलाएनन्।

‘म भोलिदेखि सरसल्लाह गर्नेछु। आउँदो असार ७ गते राष्ट्रिय सभा गृहमा कार्यक्रम गरेर कस्तो राजनीति र कुन क्षेत्रबाट लड्ने लगायतका विषयमा प्रष्ट पार्छु’, लामिछानेले भने, ‘मलाई धेरै राजनीतिक दलबाट प्रस्ताव आएको छ। तर मलाई अहिलेका राजनीतिक दलहरूमा त्यतिधेरै चासो छैन। तर म सल्लाहको चरणमा छु।’

उनले आफू स्वतन्त्र रूपमा राजनीतिमा लाग्ने सोचमा समेत नरहेको बताए।

‘एक्लै स्वतन्त्र जाने सोच छैन’, लामिछानेले भने, ‘बरू भएका स्वतन्त्रहरूलाई जोड्ने योजना बनाउँदैछु।’ लामिछाने राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चुनाव लड्ने अड्कलबाजी समेत भइराखेको छ।

लामिछानेका ससुरा उद्दव पौडेल केहीदिन अघि मात्र कमल थापाको पार्टीबाट राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपामा फर्किएका थिए। पारिवारिक सम्बन्धका कारण उनी राप्रपाबाट चुनाव लड्ने अड्कलबाजी चलिरहेको छ।

लामिछानेले भने पारिवारिक सम्बन्धको प्रश्नलाई खारेज गरे।

‘त्यो उहाँको (ससुरा) निर्णय भयो’, लामिछानेले भने, ‘मेरो न कुनै दबाब हुन्छ। न प्रभाव हुन्छ।’

सेतोपाटीले सम्पर्क गरेको लामिछाने निकट एक पत्रकारले पनि उनी राप्रपाबाट चुनाव लड्ने विषय नकारे।

‘उहाँले हामीसँग कुरा गर्दा ‘म राजावादी हुन सक्दिँन भन्नुभएको छ। यत्रो परिवर्तन नआएको भए म जन्मँदै जन्मिने थिइनँ’ भन्नुहुन्छ’, उनीनिकट ती पत्रकारले भने, ‘उहाँ काठमाडौंको क्षेत्र नं ३ बाट चुनाव लड्ने तयारीमा हुनुहुन्छ।’

ती पत्रकारका अनुसार लामिछानेको मतदाता नामावली समेत काठमाडौंको क्षेत्र नं ३ मा रहेको छ। त्यसो त उनले काठमाडौंको क्षेत्र नं २ बाट समेत निर्वाचन लड्ने विषयमा विचार गरिरहेको ती पत्रकारले बताए।

काठमाडौंको क्षेत्र नं ३ मा राष्ट्रियस्तरको नेता नभएका कारण आफ्ना लागि सहज हुने लामिछानेले आकलन गरेको ती पत्रकारले बताए।

काठमाडौं क्षेत्र नं ३ मा विगतमा नेपाली कांग्रेसका चक्र ठकुरीले निर्वाचन जित्ने गरेका थिए। तर पछिल्लोपटक नेकपा एमालेका रामेश्वर फुयाँलले २०७० र २०७४ मा नेकपा एमालकै कृष्ण राईले चुनाव जितेका थिए।

लामिछानेले भने आफूले चुनाव लड्ने निर्वाचन क्षेत्रबारे केही बताएनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै