३ माघ २०८२, शनिबार
spot_img
३ माघ २०८२, शनिबार
spot_img

भारतले फेरि ६ रूपैयाँ बढाएर पठायो पेट्रोलको मूल्य, निगमलाई मासिक १ अर्ब ९० करोड घाटा

spot_img

भारतीय आयल निगम (आइओसी)ले पठाएको नयाँ मूल्य सूची अनुसार पेट्रोल, डिजेल र हवाई इन्धनको भाउ थप बढेको छ।

नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा प्रति लिटर ६ रुपैयाँ ५२ पैसा बढेर २ सय ९ रूपैयाँ २८ पैसा पुगेको छ। डिजेल प्रतिलिटर १९ रुपैयाँ ०३ पैसाले बढेर २ सय २ रुपैयाँ १६ पैसा पुगेको छ।

हाल नेपाल आयल निगम (एनओसी)ले पेट्रोल प्रतिलिटर १ सय ७८ रुपैयाँमा बिक्री गरिरहेको छ। एनओसीले पठाएको नयाँ मूल्य अनुसार नेपालमा भाउ नबढाउँदा पेट्रोलमा १५ दिनमै ९५ करोड घाटा लाग्नेछ।

केही समयअघि निगमले पेट्रोल प्रतिलिटर १ सय ८० रुपैयाँमा बिक्री गरिरहेको थियो। जनदबाबपछि सरकारले हाललाई पेट्रोलियम पद्धार्थमा लिँदै आएको १० रुपैयाँ बराबर पुर्वाधार कर हटाएको छ। सोसँगै निगमले पनि पेट्रोलको मूल्य केही दिनलाई घटाएर एक सय ७० रुपैयाँमा बिक्री गरेको थियो। केही समयपछि थप नोक्सानी व्यहोर्न नसक्ने भन्दै मूल्य बढाएर १ सय ७८ रुपैयाँ कायम गरेको हो।

अहिले आएको नयाँ मूल्य सूचीअनुसार बिक्री मूल्य समायोजन गरिसकेको छैन।

त्यस्तै, हाल प्रतिलिटर १ सय ६५ रुपैयाँमा डिजेल बिक्री गरिरहेको एनओसीलाई १५ दिनमै २ अर्ब ९१ करोड रुपैयाँ घाटा लाग्ने अवस्था रहेको उल्लेख छ।

हवाई इन्धन प्रतिलिटर १९ रुपैयाँ ९१ पैसाले बढेको छ। अहिले एनओसीले (आन्तरिक) प्रतिलिटर १ सय ६८ रुपैयाँ ७० पैसा र (बाह्य) १ सय ४७ रुपैयाँ ८९ रुपैयाँमा हवाई इन्धन बिक्री गरिरहेको छ। हवाई इन्धनमा १५ दिनमा ६६ लाख रुपैयाँ घाटा हुने अवस्था छ।

ग्यासको मूल्य बढेर नआएपनि प्रति सिलिण्डर २ हजार ५५ सय ५१ रुपैयाँमा किनेर १ हजार ८ सय रुपैयाँमा बिक्री गरिरहेको निगमलाई यसमा १ अर्ब १४ करोड घाटा भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै