२५ मंसिर २०८२, बिहिबार
spot_img
२५ मंसिर २०८२, बिहिबार
spot_img

अव्यवस्थित डम्पिङ साइडका कारण अर्घाखाँचीबासी चिन्तित

spot_img

अर्घाखाँची- अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वार्ड नं.१ मा रहेको सडक छेउको डम्पिङ साइड व्यवस्थित नहुदा यात्रुहरु दिक्क भएका छन् । गोरुसिङ्गे सन्धिखर्क सडकको व्यस्त ठाउँमा फोहोर अव्यवस्थित ढंगले थुपार्ने अनि प्लास्टिकजन्य फोहोरहरुलाइ आगो लगाइदिएर त्यत्तिकै छोड्ने प्रवृत्तिले त्यस क्षेत्रको वातावरण निकै पदूषित बन्दै गइरहेको छ।

जिल्लाको सदरमुकाम सन्धिखर्कको प्रवेशद्वारमै देखिने धुवाँको प्रदुषित मुस्लोले सबैको ध्यान तानेको छ। स्वच्छ र सुन्दर नगरपालिकाको सपना देख्ने सन्धिखर्क नगरवासीमात्रै होइन अन्तरिक पर्यटक एवं विभिन्न काम विशेषले सदरमुकाम पुग्ने जो-कोहिलाई पनि त्यस ठाउँको उकुसमुकुस वातावरणले पिडा दिइरहेको अनुभुति सजिलै गर्न सकिन्छ। चुनावका बेलामा राजनैतिक दलहरुले गर्ने प्रतिवद्दताहरु पनि चुनाब जितिसकेपछि बिर्सिदै जाँदा जनताहरुको विश्वासमा तुसारापात परेको त्यस क्षेत्र आसपासका जनताहरु र त्यही बाटो भएर सदरमुकाम भित्रिने यात्रुहरुले बताउने गरेका छन् ।

दिनहुजसो त्यहि बाटो भएर गुड्ने अत्यधिक सवारी साधनमात्रै होइन विभिन्न अफिसका काम लिएर हिड्ने सेवाग्राही, बटुवा एवं विद्यार्थीहरुलाई त्यहाको वातावरणले पिरोल्नु पिरोलिइ रहेको गुनासो आइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (50%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (50%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै