२१ कार्तिक २०८२, शुक्रबार
spot_img
२१ कार्तिक २०८२, शुक्रबार
spot_img

तुरिया खोलाको डाइभर्सन बगेपछि बुटवल–सुनवल खण्ड अवरुद्ध

spot_img

टोपराज शर्मा
बुटवल । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवल–सुनवल खण्ड अवरुद्ध भएको छ । सुनवल नगरपालिकामा पर्ने तुरिया खोलाको डाइभर्सन बाढीले बगाएपछि उक्त सडक खण्डमा सवारी आवागमन बन्द भएको हो ।

बिहीबार राति परेको भारी वर्षापछि आएको बाढीले डाइभर्सन बगाएपछि रातिदेखि नै सवारी आवागमन रोकिएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

खोलामा पानीको मात्रा घटेपछि डाइभर्सन बनाउन शुरु गरिने भएकाले सडक सुचारु हुन केही घण्टा लाग्ने प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता डीएसपी मोहनबहादुर खांणले जानकारी दिए ।

उक्त सडक अवरुद्ध भएकाले पूर्वबाट आउने सवारी साधनहरु भुमही–परासी सडक खण्ड हुँदै र बुटवलबाट पूर्वतर्फ जाने सवारी साधनहरु भैरहवा–परासी हुँदै आउ–जाउ गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

गत वर्ष तुरिया खोलाको फलामे पुल भँंचिएपछि डाइभर्सन बनाइएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै