२४ मंसिर २०८२, बुधबार
spot_img
२४ मंसिर २०८२, बुधबार
spot_img

ओलीले भने – ‘शेरबहादुरजी जहिल्यै जालझेल र तिकडमबाट प्रधानमन्त्री बन्नुभएको हो’

spot_img

काठमाडौँ — नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा कहिले पनि फ्रेस निर्वाचनबाट निर्वाचित प्रधानमन्त्री नभएको बताएका छन् । काठमाडौंमा शुक्रबार आयोजित एमालेको तर्फबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देउवा जहिले पनि जालझेल र तिकडमबाट मात्रै प्रधानमन्त्री भएको बताए ।

‘शेरबहादुरजी फ्रेस चुनाव जितेर कहिले पनि प्रधानमन्त्री हुनु भएको छैन । पार्टीभित्रको जालझेल वा संसद्‌भित्रको जालझेल वा अदालतमा पुगेर गरिने जालझेल होस् । जालझेल र तिकडमबाट मात्रै शेरबहादुरजी अहिलेसम्म प्रधानमन्त्री हुनु भएको छ,’ अध्यक्ष ओ‌लीले भने, ‘२०५२ भदौ १२ गते एमालेको लोकप्रिय सरकारविरुद्धको अदालतको फैसलामा पनि शेरबहादुर देउवालाई जिताइएको थियो ।’

उनले एमालेबाहेक दलहरुसँग कुनै पनि विषयमा नीति नभएको जिकिर गरे । ‘अन्य दलको राष्ट्रियताको विषयमा नीति के हो ? वैदेशिक सम्बन्धबारे नीति के हो ? वैदेशिक सहायता वा ऋणको सन्दर्भमा के हो ?,’ ओलीले प्रश्न गरे ।

विभिन्न विषयमा अन्य दलले नीति बनाउन नसकेको तर एमालेका नीतिबारे टीकाटिप्पणी गर्ने गरेको उनको आरोप थियो । उनले आफूहरूले लिएको नीतिले वैकल्पिक राजनीतिक, आर्थिक र वैदेशिकसम्बन्धी नीति दिन सक्ने तर अन्यले तोडमोड गरेर विकृत पार्ने गरेको बताए । ‘एमालेबाहेक कुनै पनि पार्टीसँग नीति छैन । सोच छैन, राष्ट्र निर्माणको सोच के त ?’ ओलीको प्रश्न थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै