३ माघ २०८२, शनिबार
spot_img
३ माघ २०८२, शनिबार
spot_img

प्रचण्ड इमानदार नभएकाले नेकपा विभाजन भयो: ओली

spot_img

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ इमानदार नभएकाले नेकपा विभाजन भएको आरोप लगाएका छन्।

अध्यक्ष ओलीले प्रचण्डसँग पार्टी एकता नै गरिएको तर इमानदारिताका साथ काम नगर्दा पार्टीले विभाजन व्यहोर्नु परेको बताएका हुन्।

शुक्रबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बडो दु:खका सफलता हात परेको पार्टीलाई प्रचण्डले प्रतिक्रियावादीसामु अर्पण गर्दा आफूलाई दुखित बनाएको गुनासो पनि गरे।

पार्टी एकताका बेला दिएको सिट संख्यालाई चरम दुरूपयोग गरेर प्रचण्डले आफूलाई साधारण सदस्यबाट समेत निष्कासन गरे पनि आफूले त्यसलाई जोगाएर अघि बढाएको ओलीको दाबी थियो।

उनले भने, ‘हामीले प्रचण्डलाई लखेटेको होइन। प्रचण्डसँग त एकता नै गरिएको हो। तर प्रचण्डले एकता गर्दा पनि इमानदारिताका साथ गर्नु भएन। एकतावद्ध रहँदा पनि इमानका साथ काम गर्नु भएन र, बेइमानपूर्ण ढंगले हट्नुभयो। एकताको निम्ति बनाइदिएको कमिटी, एकताको निम्ति दिइएको संख्या त्यसलाई यति चरम दुरूपयोग गर्नुभयो कि पार्टीको अध्यक्षलाई साधारण सदस्यबाट निष्कासन गर्नु भयो। पार्टी अध्यक्षलाई साधारण सदस्यबाट समेत एकता, अनेकता के गरेको हो? तपाईंहरू आफैं विचार गर्नुस्। पार्टी अध्यक्षमाथि गम्भीर आरोपको पुलिन्दा बनाउनु भयो उहाँले। र, ती आरोपका साथ पार्टी विभाजनको खेती गर्नुभयो उहाँहरूले। यो बडो दुःखद् कुरा थियो।’

ओलीले चरम सत्ताको दुरूपयोग गरेर स्थानीय तह निर्वाचनमा आफ्नो पार्टी केही पछि परे पनि आगामी दिनमा जित सुनिश्चित रहेको दाबी गरे।

पपुलर मत संख्यालाई हेर्ने हो भने अहिले पनि आफ्नो पार्टी नै मुलुकको पहिलो राजनीतिक शक्ति रहेको उनले दोहोर्‍याए। अध्यक्ष ओलीले समाजवादको यात्रा तय गर्ने विचार, संगठन र योजना आफ्नो पार्टीसँग मात्रै रहेको जिकिर गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै