२५ मंसिर २०८२, बिहिबार
spot_img
२५ मंसिर २०८२, बिहिबार
spot_img

जनप्रतिनिधिले जनताको सेवक भएर काम गर्नुपर्छ: गगन थापा

spot_img

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुले राम्रा काम गर्नुपर्ने बताएका छन्।

कांग्रेस तनहुँले आइतबार गरेको कार्यक्रममा थापाले जनमुखी काम गरेर जनताको विश्वास जित्दै परिणाम दिनुपर्ने बताए।

‘जनप्रतिनिधिमाथि पाँच वर्ष धेरै ठूलो जिम्मेवारी आएको छ, केही काम गर्नुपर्नेछ, परिणाम दिनुपर्नेछ। त्यसमा जनप्रतिनिधि गम्भीर भएर लाग्नुपर्छ,’ महामन्त्री थापाले भने।

स्थानीय तहले नागरिकको स्वतन्त्रतालाई विचार गर्नुपर्ने भन्दै शासनमा जवाफदेहिता र पारदर्शीता कायम गर्नुपर्ने पनि उनले बताएका थिए।

सेवा प्रवाहमा सिर्जनशीलता हुनुपर्ने भन्दै महामन्त्री थापाले सेवा प्रवाहलाई सहज र सरल बनाउनुपर्ने बताए।

‘स्थानीय तह जनताको सेवक भएर काम गर्नुपर्छ, स्रोतको राम्रो परिचालन गर्न सक्नुपर्छ, तब मात्र जनताको अपेक्षा पूरा गर्न सकिन्छ’, उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै