८ माघ २०८२, बिहिबार
spot_img
८ माघ २०८२, बिहिबार
spot_img

लुम्बिनीकी राज्यमन्त्री बिमला वलीले दिइन् राजीनामा

spot_img

लुम्बिनी प्रदेशकी स्वास्थ्य तथा परिवार कल्याण राज्यमन्त्री बिमला वलीले पदबाट राजीनामा दिएकी छन।

नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुर्दशन बरालले वलीले पदबाट राजीनामा दिएको सेतोपाटीलाई बताए।

बरालले भने, ‘उहाँले आज मुख्यमन्त्री कुलप्रसाद केसीसमक्ष आफ्नो राजीनामा केहीबेर अगाडि बुझाउनुभएको हो।’

जेठ ३१ राज्यमन्त्री वलीले तुलसीपुरकी मीना भण्डारी बस्नेतको घरमा गएर कुटपिट गरेकी थिइन्। मीनाका श्रीमान एकराज बस्नेतसँग बिमलाको प्रेम सम्बन्ध रहेको केही महिनाअघि सार्वजनिक भएको थियो।

वलीविरूद्ध मीनाले प्रहरीमा उजुरी दिएकी थिइन्। घटनाबारे सत्यतथ्य बुझ्न लुम्बिनी प्रदेश सरकारले छानबिन टोली गठन गरेको थियो।

छानबिन  टोली बने पनि वली बिरामी भएर अस्पताल भर्ना भएकी थिइन्।

वली स्वर्गीय उत्तरकुमार वलीकी श्रीमती हुन्। उत्तरकुमार २०७४ सालको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचन क्षेत्र नं. ३ (ख) बाट निर्वाचित भएका थिए। २०७५ माघमा वलीको सवारी दुर्घटनामा परी मृत्यु भएको थियो। त्यसपछि २०७६ मंसिरमा भएको उपनिर्वाचनमा तत्कालीन नेकपाले बिमलालाई उम्मेदवार बनाएको थियो।

सोही निर्वाचिनबाट निर्वाचित बिमलाले नेकपा विभाजनको क्रममा नेकपा माओवादी केन्द्र रोजेकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै