२५ मंसिर २०८२, बिहिबार
spot_img
२५ मंसिर २०८२, बिहिबार
spot_img

मायादेवी मन्दिरमा राखिएका दानपेटिकाबाट झण्डै २३ लाख रकम संकलन

spot_img

काठमाडौं ।  लुम्बिनीस्थित मायादेवी मन्दिरमा राखिएका दानपेटिकाबाट झण्डै २३ लाख रकम संकलन भएको छ।

गत आइतबारदेखि दानपेटिका खोली गणना सुरू गरिएकोमा २२ लाख ९७ हजार रुपैयाँ संकलन भएको लुम्बिनी विकास कोषले जनाएको छ।

विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले तीन दिनसम्म दैनिक ३० जनाको दरले ९० जनाले दान रकम गणना गरेको जानकारी दिए।

विगतका समयमा हरेक १५ दिनमा दानपेटिका खोलिने गरेकोमा यसपटक तीन महिनापछि मात्रै दानपेटिका खोलिएको हो ।

कोभिड महामारीपछि लुम्बिनीमा विदेशी पर्यटक निकै कम आएकाले यसपटक दानपेटिकामा भेटी रकम कम उठेको कोषाध्यक्ष भट्टराईले बताए।

यसअघि चैत १८ गते गणना गर्दा ३७ लाख रकम संकलन भएको थियो।

भेटीबापत उठ्ने रकमबाट करारका कर्मचारीहरूलाई तलब र अन्य व्यवस्थापनको काम गर्दै आएको विकास कोषले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै