२४ मंसिर २०८२, बुधबार
spot_img
२४ मंसिर २०८२, बुधबार
spot_img

प्रधानमन्त्री देउवाले सम्हाले अर्थ मन्त्रालय

spot_img

काठमाडौं ।  अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएसँगै अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्ने भएका छन्।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै शर्माले राजीनामा दिएको घोषणा गरेका थिए।

‘सभामुखको पहलमा जुन छानबिन समिति बनेको छ, त्यसको स्वागत गर्छु, धन्यवाद दिन्छु,’ संसदको रोष्टमबाट शर्माले भनेका थिए, ‘यो छानबिनका लागि मैले मार्गप्रशस्त गर्दै आफ्नो पदबाट राजीनामा दिएको घोषणा पनि गर्दछु।’

राजीनामासँगै साँझ राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्ति जारी गर्दै अर्थ मन्त्रालय प्रधानमन्त्री देउवाले नै सम्हाल्ने जानकारी दिएका हुन्।

बजेट बनाउँदा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दरमा हेरफेर गरेको आरोप शर्मामाथि लागेको छ। त्यसपछि सिसिटिभी फुटेज समेत डिलिट भएको कुरा बाहिर आएपछि शर्मालाई राजीनामा दिन दबाब सिर्जना भएको थियो।

शर्मामाथि छानबिन गर्न आज प्रतिनिधि सभामा सभामुख अग्नि सापकोटाले ११ सदस्यीय विशेष छानबिन समिति समेत गठन गरेको बताएका थिए।

बैठकमा शर्माले बजेट बनाउँदा आफूले कुनै गल्ती नगरेको पनि बताएका थिए।

राजीनामा दिएपछि संसद भवन बाहिर पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने, ‘मैले कुनै गल्ती गरेको छैन। कमीकमजोरी गरेको छैन। यसबारे प्रश्न उठेपछि सत्यतथ्य छानबिन होस् भनेर राजीनामा दिएको हुँ।’

शर्माले आजै संसदमा बोल्दै आधिकारिक व्यक्तिहरूबाट बजेट बनाइएको बताएका थिए। उनले सिसिटिभी फुटेज आफूले डिलिट नगरेको पनि बताएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (100%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै