८ माघ २०८२, बिहिबार
spot_img
८ माघ २०८२, बिहिबार
spot_img

आज देशभर बकर ईद मनाइँदै

spot_img

काठमाडौं ।  ईद उल जुहा (बकर-इद) मुस्लिमहरुको दोस्रो महान् पर्व हो। ईद उल जुहाको अर्थ ‘त्याग’ हो। पवित्र महिना रमजानको करिब ७० दिनपछि आउने यो पर्वलाई मुस्लिम समुदायले हर्सोल्लासका साथ मनाइरहेका छन्।

इस्लामिक मान्यता अनुसार हजरत इब्राहिमले आफ्ना छोरा हजरत इस्माइललाई अल्लाहको निर्देशनमा भगवानको नाममा उनकै बाटोमा हिँड्नका लागि त्याग गरेको तर अल्लाहले जीवनदान दिएको सम्झनामा बकरिद मनाउने गरिन्छ।

बकर-इदमा त्यागका लागि पशुबली दिने प्रचलन छ। नेपालका मुस्लिम धर्मगुरु सकिल अहमद कादरीका अनुसार मुस्लिम समुदायले खाने साना–ठूला चारखुट्टे जनावरलाई अल्लाहका नाममा त्याग गर्ने पर्व बकरिद हो।

उनका अनुसार ईद–ए–कुर्बां पनि भनिने बकर-इदको शाब्दिक अर्थ त्यागको भावना भन्ने हुन्छ। धार्मिक मान्यता अनुसार यस दिन अल्लाह मान्छेको निकै नजिक रहने गर्छन्। यो दिन सबैले नजिकको मस्जिद, इदगाह र मजारमा सामूहिक नमाज पढ्ने, शुभकामना अदानप्रदान गर्ने गरिन्छ। सामूहिक रूपमा ठूलो जनावरको बली दिने, गरिबलाई बाँड्ने र सामूहिक भोजनको आयोजना गर्ने गरिन्छ।

आजको दिन संसारभरका मुस्लिम साउदी अरबमा रहेको मक्कामा भेला भएर हज मनाउने गर्छन्। मुस्लिम धर्मगुरु कादरीका अनुसार यो पर्वका दुई प्रमुख सन्देश छन्। पहिलो, परिवारका ज्येष्ठ सदस्यलाई स्वार्थभन्दा माथि उठेर सम्मान र सेवा गर्नु रहेको छ भने दोस्रो, आफू मानव उत्थान र सेवामा समर्पित रहनु भन्ने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै