३ माघ २०८२, शनिबार
spot_img
३ माघ २०८२, शनिबार
spot_img

यस्तै हो भने फेरि सभापति उठ्छु: देउवा

spot_img

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विधान संशोधन गरेर फेरि सभापति उठ्न सक्ने बताएका छन्।

कांग्रेस विधानमा दुई कार्यकालभन्दा सभापति उठ्न मिल्दैन। देउवाको यो दोस्रो कार्यकाल हो।

आज केन्द्रीय समिति बैठकमा देउवाले आफूलाई नजिस्क्याउन आग्रह गरेका थिए। केन्द्रीय सदस्य सञ्जय गौतमले गठबन्धन गरेर चुनाव जिते पनि पार्टी हार्ने अभिव्यक्ति दिएपछि देउवा रिसाएका थिए।

‘मलाई नजिस्क्याउनुस् यस्तै हो भने म विधान संशोधन गरेर फेरि सभापति उठ्छु,’ देउवाले भने, ‘गठबन्धन गर्ने हो। एक्लै बहुमत ल्याउन गाह्रो छ।’

उनले गठबन्धनको विरोध गर्नेलाई एक्लै उठेर जितेर देखाउन चुनौती पनि दिए।

देउवाले भने, ‘फेरि सभापति हुन मलाई रहर छैन तर तपाईंहरूले जिस्क्याउनुभो भने फेरि उठ्न सक्छु।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै