२५ मंसिर २०८२, बिहिबार
spot_img
२५ मंसिर २०८२, बिहिबार
spot_img

अहिले हतियार किनिन्न: प्रधानमन्त्री देउवा

spot_img

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अहिले नेपाल प्रहरीका लागि हतियार नकिन्ने बताएका छन्।

बिहीबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा गोपानमान श्रेष्ठ र अर्जुननरसिंह केसीले आर्थिक समस्या भएका बेला सरकारले करोडौं रुपैयाँमा हतियार किन किन्न लागेको हो भन्दै प्रश्न गरेका थिए।

ती प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री देउवाले अहिले हतियार किन्ने सरकारको कुनै तयारी नभएको बताएका हुन्।

‘अहिले हतियार किनिन्न,’ उनले भने, ‘हतियार किन्नेबारे सरकारले कुनै तयारी गरेको पनि छैन।’

सरकारले ८४ करोड रुपैयाँमा विदेशी हतियार खरिद गर्न लागेको भन्दै सांसदहरूले पनि विरोध गरेका थिए।

आजको कांग्रेस केन्द्रीय समिति बैठक सकिएको छ। अर्को बैठक शनिबार बस्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (67%)
  • दुःखी (33%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै