२१ कार्तिक २०८२, शुक्रबार
spot_img
२१ कार्तिक २०८२, शुक्रबार
spot_img

बाबुरामले पार्टी फुटाउने षड्यन्त्र गरेपछि कारबाही गरिएको हो: उपेन्द्र यादव

spot_img

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले बाबुराम भट्टराईले पार्टी फुटाउने षड्यन्त्र गरेकोले कारबाही गरिएको बताएका छन्।

संघीय परिषद अध्यक्ष रहेका भट्टराईसहित ९ जनालाई जसपाले बिहीबार कारबाही गरेको थियो।

वीरगञ्जमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले पार्टी हितभन्दा विपरीत काम गरेको पाइएकोले भट्टराई लगायतलाई कारबाही गरिएको बताए।

‘उहाँले पार्टी विभाजन गर्ने गरी जुन षड्यन्त्र गर्नुभयो त्यो पार्टी हितविपरीत थियो। त्यसैले उहाँलाई पद र जिम्मेवारीबाट मुक्त गरिएको हो,’ उनले भने।

भट्टराई सच्चिएर आए पार्टीमा राख्ने पनि उनले बताएका थिए। भट्टराईलाई साधारण सदस्यबाट पनि हटाइएको हो भन्ने पत्रकारको प्रश्नमा यादवले भने, ‘सच्चिएर आउनुभयो भने बेग्लै कुरा तर अब उहाँ अर्को पार्टी खोल्नेतिर लाग्नुभएको छ। एकै मानिसलाई धेरै पार्टीमा सदस्य बनाउने कुरा त भएन!’

उनले पार्टी नेता रेणु यादवले पार्टी नछाडेको बताए। ‘उहाँको क्षणिक आक्रोश हो,’ उनले भने। रेणुले बिहीबार आफू पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने बताएकी थिइन्।

अध्यक्ष यादवले पार्टीमा समस्या अध्यक्षका कारणले नआएको पनि दाबी गरेका थिए। ‘अध्यक्षका कारण पार्टीमा समस्या आएको भए त अध्यक्ष परिवर्तन गरे भइहाल्थ्यो त्यस्तो होइन,’ उनले भने।

भट्टराई पक्षले असार २८ र २९ मा काठमाडौंमा केन्द्रीय समितिको विस्तारित बैठक गर्दा उपेन्द्र पक्षले वीरगञ्जमा केन्द्रीय समितिको बैठक राखेका थिए।

जसपामा बाबुराम र उपेन्द्रबीच सौहार्दपूर्ण वातावरणमा अलग हुने सहमति केही समयअघि भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै