२१ कार्तिक २०८२, शुक्रबार
spot_img
२१ कार्तिक २०८२, शुक्रबार
spot_img

आइजिपी नियुक्तिविरूद्ध पोखरेलले दिएको रिट सर्वोच्चले गरिदियो खारेज

spot_img

सर्वोच्च अदालतले धिरजप्रताप सिंहलाई नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) बनाउने सरकारको निर्णयविरूद्ध परेको रिट खारेज गरेको छ।

एआइजी विश्वराज पोखरेलले सिंहलाई आइजिपी बनाउने निर्णय खारेज गर्न माग गर्दै रिट दिएका थिए।

उनको रिट न्यायाधीश दिपककुमार कार्की र कुमार चुडालको इजलासले खारेज गरिदिएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले बताए।

वैशाख १८ गते  बसेको मन्त्रिपरिषद् बैठकले बरियता क्रममा तेस्रो नम्बरमा रहेका एआइजी सिंहलाई आइजिपी बनाउने निर्णय गरेको थियो।
पोखरेल २०७७ मंसिर २५ गते एआइजीमा बढुवा भएका थिए भने सिंह  २०७८ चैत ७ गते एआइजी भएका थिए

सरकारले वरीयताक्रम अनुसार पहिलो नम्बरमा रहेका विश्वराज पोखरेल र दोस्रो नम्बरमा रहेका सहकुल थापालाई पाखा लगाएर तेस्रो नम्बरमा रहेका सिंहलाई आइजिपी बनाएको थियो।

आफू भन्दा कनिष्ठलाई आइजीपि बनाउने सरकारको निर्णय कानुन विपरित भएको भन्दै पोखरेलले सर्वोच्चमा रिट दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै