८ माघ २०८२, बिहिबार
spot_img
८ माघ २०८२, बिहिबार
spot_img

प्रतिनिधि सभाको उपसभामुखमा पुष्पा भुसाल निर्वाचित

spot_img

काठमाडौं ।  नेपाल कांग्रेसकी सांसद पुष्पा भुसाल गौतम प्रतिनिधि सभाको उपसभामुखमा निर्वाचित भएकी छन्।

रिक्त प्रतिनिधि सभाको उपसभामुखमा उम्मेदवार दिएकी सत्ता गठबन्धनकी संयुक्त उम्मेदवार भुसालले १४८ मत पाएर निर्वाचित भइन्।

यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकी सांसद विद्या भट्टराईले ९३ मत पाइन्।

शुक्रबार प्रतिनिधि सभामा उपस्थित २४२ सांसदमध्ये १ जना सांसदले मतदान प्रक्रियामा सहभागी भएका थिएनन्।

उपसभामुख निर्वाचित हुनु अघिसम्म भुसाल कांग्रेसको तर्फबाट सचेतक थिइन्।

उनी कांग्रेसको केन्द्रीय सदस्यसमेत हुन्।

कांग्रेसले यसअघि २०७४ सालमा पनि उनलाई उपसभामुखको उम्मेदवार बनाएको थियो। तर उनी नेकपा एमालेकी शिवमाया तुम्बाहाङ्फेसँग पराजित भएकी थिइन्।

२०२८ सालदेखि राजनीतिमा सक्रिय पुष्पाले कांग्रेसमा लामो समय महिला विभाग र कानुन विभागमा काम गरेकी थिइन्।

उनले कांग्रेस भातृ संगठन नेपाल महिला संघमा महासचिवको रुपमा समेत काम गरेकी थिइन्।

२०५६ मा प्रतिनिधि सभा उम्मेदवार बने पनि पुष्पा पराजित भइन् भने २०६४ सालको संविधान सभामा अर्घाखाँचीबाट निर्वाचित भएकी थिइन्।

२०७० सालको निर्वाचनमा भने उनी पराजित भएकी थिइन्।

त्यस्तै उनी २०७४ सालको निर्वाचनमा भने उनी समानुपातिक तर्फको सूचीमा बसेकी थिइन्।

राजनीतिमा सक्रिय हुनुअघि पुष्पा अध्यापनमा समेत संलग्न थिइन्। उनले त्रिभुवन विश्वविद्यालयमा १७ वर्ष प्राध्यापन गरेकी थिइन्।

उनी वरिष्ठ अधिवक्तासमेत हुन्।

२०७४ मा उपसभामुख बनेकी शिवमाया तुम्बाहाङ्फेले २०७६ माघ ६ गते राजीनामा दिएकी थिइन्। त्यसयता उपसभामुख पद रिक्त रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै