८ माघ २०८२, बिहिबार
spot_img
८ माघ २०८२, बिहिबार
spot_img

लुम्बिनी प्रदेशमा अब रगत सम्बन्धी सम्पूर्ण सेवा निःशुल्क

spot_img

लुम्बिनी प्रदेशका सरकारी अस्पतालमा सेवा लिने बिरामीहरूका लागि अब रगत सम्बन्धी सबै सेवा निःशुल्क हुने भएको छ । २०७९ साउन १ गतेदेखि लागु हुने गरी  प्रदेश सरकारले बिरामीका लागि आवश्यक पर्ने रगतमा लाग्ने सबै सेवा निःशुल्क गर्ने व्यवस्था गरेको हो ।

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा पुष्पराज पौडेलले प्रदेश सरकार मातहत रहेका सबै अस्पतालमा  रगत निःशुल्क हुने बताए । उनले त्यसका लागि आवश्यक बजेट छुट्याइएको र सबै अस्पतालमा क्रमशः लागु हुने रातोपाटीलाई बताए ।

लुम्बिनी प्रादेशिक अस्पताल र बुटवलमा रहेको रक्तसञ्चार केन्द्रबीच रगतका लागि लाग्ने सबै सेवा निःशुल्क गर्ने  सम्झौता भएको छ । अस्पतालका तर्फबाट मेडिकल सुपरिटेन्डेन्ट डा इन्द्र ढकाल र रक्तसञ्चार केन्द्रका तर्फबाट संयोजक कृष्ण पङ्गेनीले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

साउन १ गतेदेखि अस्पतालको सिफारिसमा रक्तसञ्चार केन्द्रले कुनै पनि सेवा शुल्क नलिई रगत उपलब्ध गराउने भएको छ । यस अघि रगतका लागि आवश्यक पर्ने कभर, ग्रुपिङ, स्टोर म्यापिङ लगायतका गरी ८ सय रुपैयाँसम्म शुल्क लाग्ने गरेकोमा अब निःशुल्क सेवा पाइने भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै