गृहमन्त्री बालकृष्ण खाणले प्रहरीलाई हतियार आवश्यक भए पनि खरिद गर्न पैसा नभएको बताएका छन्।
आज कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै खाणले हतियार किन्ने निर्णय अहिलेको नभएको बताए।
उनले भने, ‘हतियार किन्ने अहिलेको निर्णय होइन। पहिलेकै निर्णय हो। प्रहरीलाई हतियार चाहिएको छ तर किन्न सरकारसंग अहिले पैसा छैन। अहिले हतियार किनिन्न।’
यस्तै अहिले हतियार नकिन्ने पनि उनले बताए।
यसअघि केन्द्रीय समिति बैठकमा बोल्दै प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले पनि हतियार किन्ने तयारी सरकारले नगरेको जवाफ दिएका थिए।
केही केन्द्रीय सदस्यले आर्थिक अवस्था बिग्रेका बेला हतियार किन्न लागेको हो भन्दै प्रश्न गरेका थिए।