३ माघ २०८२, शनिबार
spot_img
३ माघ २०८२, शनिबार
spot_img

पत्रकारमाथि कुटपिटमा संलग्न विद्युत प्राधिकरणका ७ कर्मचारी प्रहरीको नियन्त्रणमा

spot_img

चितवनमा पत्रकारमाथि कुटपिटमा संलग्न ७ जना सरकारी कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

शुक्रबार साँझ समाचार संकलनका लागि नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रमा पुगेका पत्रकार कृष्ण आचार्य केन्द्रका कर्मचारीबाट कुटिएका थिए।

कार्यालयभित्र भइरहेको मदिरासहितको भोजको तस्विर खिचेपछि आचार्यलाई कर्मचारीहरुले कुटपिट गर्दै लखेटेका थिए।

उनीहरूले आचार्यको दुईवटा मोबाइल सेटसमेत नियन्त्रणमा लिएका थिए।

कुटपिटमा संलग्न कर्मचारीलाई नियन्त्रणमा लिन माग गर्दै पत्रकारहरूले शुक्रबार राति प्रहरी कार्यालयमा धर्ना दिएका थिए।

शनिबार बिहान जिल्ला प्रहरी कार्यालयमा आचार्यको परिवार, पत्रकार महासंघका अध्यक्ष र विद्युत प्राधिकरणका प्रमुखलगायत सहभागी छलफलमा भोजमा संलग्न सबै कर्मचारीलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने सहमती भएको हो।

आचार्यको परिवारले सातै जना कर्मचारीविरूद्ध अभद्र व्यवहारमा किटानी जाहेरी दिएका छन्। आचार्य चितवनबाट प्रकाशन हुने नारायणी अनलाइनको सम्पादक र सञ्चारपत्र दैनिकका प्रकाशक हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै