३ माघ २०८२, शनिबार
spot_img
३ माघ २०८२, शनिबार
spot_img

सत्ता गठबन्धनले भारतीय चलखेल बढायो : शंकर पोखरेल

spot_img

पोखरा । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ता गठबन्धनले भारतीय चलखेललाई निम्ताएको आरोप लगाएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेसकी नेतृ आरजु राणाको भारत भ्रमणलाई उनले त्यसकै उदाहरणको रुपमा प्रस्तुत गरे ।

आज पोखरामा आयोजित पत्रकार भेटघाटमा महासचिव पोखरेलले भने, ‘गठबन्धनका दुई प्रमुख घटकका नेताहरु अहिले दिल्ली दौडाहामा हुनुहुन्छ, नेपालीहरुको बीचमा नेपालको राजनीतिको मान्यतालाई खण्डित गर्ने काम गठबन्धनका नेताहरुबाट भएको छ ।’

अहिलेको सत्ता गठबन्धन आगामी चुनावसम्म टिकाउने भनेर दिल्ली भ्रमणमा गएको बताउँदै उनले भने, ‘नेपालको राजनीतिबारे बाहिर बसेर छलफल गर्ने स्थिति उत्पन्न भाछ भनेपछि राष्ट्रिय हित र स्वाधिनताको प्रश्नमा योभन्दा अर्को लाचारी के हुनसक्छ ?’

नेता पोखरेलले आन्तरिक मामिलामा सत्ता गठबन्धनले भारतीय हस्तक्षेप निम्त्याएको आरोप लगाए । विगतमा नेपालको मन्त्रिपरिषद बैठकमा पनि भारतीय प्रतिनिधि रहने गरेको स्मरण गर्दै उनले अहिले सत्ता गठबन्धनले पनि त्यस्तै गर्न खोजेको आरोप लगाए ।

‘पछिल्लो समय अर्थमन्त्रीले बजेट निर्माणका सन्दर्भमा भारतीय नागरिकलाई राजश्वका दर हेरफेर गर्ने सल्लाहकारको रुपमा मन्त्रालयमा सहभागी गराइएको प्रश्न उठिसकेपछि,’ उनले भने, ‘यो यति गम्भीर विषय हो कि कुनै बेला २००७ साल पछाडि नेपालको क्याबिनेटमा भारतीय कूटनीतिज्ञ राख्ने चलन थियो भन्ने कुरा इतिहासमा पढ्ने गर्छौं, गठबन्धनले मुलुकलाई त्यही बाटोमा लान खोज्दै छ ।’

उनले भने, ‘अर्थतन्त्र जस्तो संवेदनशील विषयमा अवान्छित व्यक्तिहरुको सहभागीतामा बजेट निर्माण गर्ने खालको कामले समग्र राष्ट्रको शीर झुकेको छ भन्ने मलाई लाग्छ, त्यसैको श्रृंखलाको रुपमा आज सत्ता गठबन्धन फेरि दिल्ली पुग्या छ ।’

गभर्नर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्रलाई जोगाउन खोज्दा उनीमाथि आक्रमण भएको पोखरेलले बताए । उनले गभर्नरबारे सञ्चार माध्यमहरुले प्रायोजित हल्ला चलाएको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै