२५ मंसिर २०८२, बिहिबार
spot_img
२५ मंसिर २०८२, बिहिबार
spot_img

नेष्डोको संचालक समितिमा हमाल निर्वाचित

spot_img

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडमा सर्वसाधारण समूहवाट प्रतिनिधित्व हुने २ जना सञ्चालक मध्ये पर्वतका विप्लव जंग हमाल निर्विरोध निर्वाचित भएका छन ।

संस्थाको प्रवन्धपत्र बमोजिम ७ जनाको सञ्चालक समिति रहने व्यवस्था छ। उक्त ७ सदस्यीय सञ्चालक समितिमा ४ जना संस्थापक समूहवाट, १ जना स्वतन्त्र सञ्चालक र २ जना सर्वसाधारण समूहवाट समितिमा प्रतिनिधित्व रहने व्यवस्था छ।

निर्वाचित सञ्चालकहरुले आँफूमध्येवाट सहमतिमा १ जनालाई अध्यक्ष छनोट गर्ने व्यवस्था रहेको छ। २ जना सञ्चालकको लागि ४ जनाको उम्मेदवारी दर्ता गराएका थिए।

अन्य २ जना उम्मेद्वारहरु तनहुँको भिमाद नगरपालिका–२ का तिर्थराज सुवेदी र काठमाण्डौँकी मनिषा प्रधान रहेका थिए।

निर्वाचन कार्यक्रमको अवधिमा सुवेदी र प्रधान मतदानपूर्वको सहमतिका क्रममा उनीहरुले आफ्नो उम्मेदवारी फिर्ता लिएको लिखित घोषणा गरेपछि हमाल निर्विरोध घोषणा भएका निर्वाचन अधिकृत विश्वराज पाण्डेले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै