८ माघ २०८२, बिहिबार
spot_img
८ माघ २०८२, बिहिबार
spot_img

मैले पैसा कहाँबाट ल्याउँछु भन्ने देशका मन्त्री र प्रधानमन्त्रीलाई पनि थाहा छैन् : रायमाझी

spot_img

अर्घाखाँची । नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीले देशका मन्त्री र प्रधानमन्त्रीले पनि पत्याउन नसक्ने गरी अर्घाखाँचीमा विकास निर्माणका कामहरु गरेको बताएका छन।

सोमबार अर्घाखाँचीको एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता रायमाझीले सो कुरा बताएका हुन्।

नेता रामयमाझीले आफूले गरेका वाचाहरु पूरा गर्दै गइरहेको दाबी गरेका थिए।

‘हामीले गाउँ गाउँमा बाटो ल्याउँछौँ, गाडी गुढाउँछौँ भनेका थियौँ बाटो ल्यायौँ गाडी कुदिरहेका छन्,’ नेता रायमाझीले भने, ‘अब कच्ची बाटो पिच गर्ने भनेका छौँ त्यो पनि गछौँ।’

नेता रायमाझीले निर्माणाधिन सालझण्डी-ढोरपाटन सडकखण्डमा मन्त्री प्रधानमन्त्रीले पत्याउनै नसकिने गरी बजेट ल्याएको दाबी गरे।

‘अबको एक/दुई वर्षमा ढोरपाटनको बाटो पिच हुन्छ। त्यसको लागि पनि बजेट परिसकेको छ। जम्मा ३७ करोड वार्षिक बजेट परेको छ तर अहिले ४ अर्बको काम भइरहेको छ। कसरी भयो होला ? ३ करोडको बजेटमा ४ अर्बको काम,’ नेता रायमाझीले भने,’नेपालमा कुनै पनि जिल्लामा छैन, अर्घाखाँचीमा मात्रै हो यो रेकर्ड, एक वर्षको बजेट ३७ करोड छ, काम ४ अर्बको भइरहेको छ।

यो कहाँ बाटो आयो मन्त्री प्रधानमन्त्रीलाई पनि थाहा छैन।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (6%)
  • दुःखी (0%)
  • अचम्मित (6%)
  • हाँस्यास्पद (76%)
  • आक्रोशित (12%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै