२५ मंसिर २०८२, बिहिबार
spot_img
२५ मंसिर २०८२, बिहिबार
spot_img

अर्थ मन्त्रालय फर्किए जनार्दन शर्मा

spot_img

काठमाडौं ।  नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्मा राजीनामा दिएको २६ दिनमा फेरि मन्त्री बनेर अर्थ मन्त्रालय फर्किएका छन्।

आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका शर्माले साँझै सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पदभार ग्रहण गरेका छन्।

उनलाई अर्थ मन्त्रालयका अधिकारीहरूले स्वागत गरेका थिए।

आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका क्रममा बजेट भाषणको अघिल्लो दिन अनधिकृत व्यक्ति अर्थ मन्त्रालयमा गएर करका दर हेरफेर गरेको आरोप लागेपछि शर्मा विवादमा परेका थिए।

मन्त्रालयले उक्त दिनको सिसिटिभी फुटेज भएको उत्तर दिएपछि शर्माको चौतर्फी आलोचना भएको थियो। त्यसपछि उनले असार २२ गते संसदमा बोल्दै राजीनामा दिएका थिए।

त्यही दिन गठन भएको संसदीय विशेष छानबिन समितिले जेठ १४ गते अनधिकृत व्यक्ति अर्थ मन्त्रालय गएको पुष्टि गर्न नसकेपछि शर्मामाथिको आरोप प्रमाणित भएन।

गत शुक्रबार समितिले आफ्नो प्रतिवेदन बुझाएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले शर्मालाई फेरि अर्थमन्त्री नियुक्ति गर्न आज राष्ट्रपति भण्डारीसमक्ष सिफारिस गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै