२४ कार्तिक २०८२, सोमबार
spot_img
२४ कार्तिक २०८२, सोमबार
spot_img

१३ सय लायन्सहरु रुपन्देहीमा जुट्दै

spot_img

बुटवल, साउन ।
‘हामी सेवा गछौं भन्ने मुल नाराका साथ स्थापना भएको लायन्स क्लवहरुको डिष्ट्रिक ३२५ पी नेपालको पहिलो क्यावीनेट पद स्थापना कार्यक्रम रुपन्देहीमा हुने भएको छ । लायन्स ईन्टरनेशनल डिष्ट्रिक ३२५ पि को पहिलो पदस्थापना कार्यक्रम रुपन्देहीमा हुन लागेको हो ।

यहि साउन २० गते शुक्रबार मणिग्राममा रहेको ड्रिमल्याण्ड गोल्ड रिर्सोटमा आयोजना हुने उक्त कार्यक्रमलाई भव्य रुपमा प्रस्तुत गर्नको लागि तयारी समेत तिब्र पारिएको छ ।

लायन्स एरिया नम्बर ३ र नम्बर ४ को आयोजनामा बुटवलमा भएको पत्रकार सम्मेलनमा एरिया चिफ एम एल पाण्डेले डिष्ट्रीक घोषणा भएको ४५ दिन भित्र क्याविनेट पदस्थपना तथा फष्ट क्याविनेट मिटिङ्ग गर्नुपर्ने लायन्स अन्तराष्ट्रिय नियम अनुसार कार्यक्रम गर्न लागिएको जानकारी दिए ।
कार्यक्रम भव्य बनाउनको लागि एरिया ३ का एरिया ३ का चिफ माधव खनाल तथा एरिया ४ का एमएल पाण्डे द्वय कार्यक्रम संयोजकको जिम्मेबारी तोकीएको छ । उनका अनुसार कार्यक्रममा सहभागीताका लागि श्रीलंकाबाट अन्तराष्ट्रिय डाईरेक्टर महेश पास्कवाल आउने जनाईएको छ ।
यस्तै कार्यक्रममा सभागीताको लागि पाष्ट ईन्टरनेशनल डाईरेक्टर सञ्जय खेतान, लायन्स नेताहरु बालकृष्ण बुर्लाकोटी, खगेन्द्र सिटौला, मल्टीपल चियर पर्सन केशव पाण्डे समेतको उपस्थिति रहने छ । डिष्ट्रिक गर्भनर नवराज न्यौपाने, सहितका लायन्सका प्रथम भाईस ड्रिष्टक गर्भनर अर्जुनमान शैजु, द्धििितय भाईस डिष्ट्रिक गर्भनर पुरुशोत्तमभक्त प्रधानाङ्ग, तथा पुर्व गर्भनरहरु हरुण प्रताप राणा, शुनिल ओझा, अनुप पाहरी, महेन्द्र नारायण श्रेष्ठ समेत सहभागीता हुने छ ।
यस्तै क्याविनेट सेक्रेटरी सन्दीप कसौधन तथा क्याविनेट ट्रेजर विनोद खरेलले कार्यक्रमकोतयारी भव्य बताएका छन् ।

लायन्स एरिया ४ का एरिया चिफ माधव खनालका अनुसार कार्यक्रममा विभिन्न १२ वटा स्टल समेत राखिने छ । श्रीलंकाबाट समेत लायन्सहरुको सहभागीता हुने भएकोले नेपाली ढाका कपडाको स्टल सहित नेपाली सस्कृती झल्कीने विभिन्न मठ– मन्दिरहरुको समेत प्रर्दशन गरिने छ । नेपाली मौलीक नाच, नेवारी कला सस्कृती सहितको नाँच लगायत नेपाली मौलीक परम्परा, पहिचान झल्कीने गरी कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक समेत रहेका एरिया ४ चिफ माधव खनालले जानकारी दिए ।

३२५ पि अन्तरगत नवलपरासी, रुपन्देही, पाल्पा, कपिलवस्तु काठमाण्डौ सहितका १ सय ८४ वटा क्लवमा ४ हजार ६ सय ७ जना सदस्य रहेका डिष्ट्रकबाट कार्यक्रममा १ हजार २ सय जना लायन्सहरु थप १ सय जना अन्य गरी करिव १३ सय भन्दा बढिको सहभागिता हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै