२१ कार्तिक २०८२, शुक्रबार
spot_img
२१ कार्तिक २०८२, शुक्रबार
spot_img

गठबन्धनको सिट बाँडफाँट गर्न ११ सदस्यीय समिति गठन

spot_img

काठमाडौं ।  पाँचदलीय गठबन्धनले आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सिट बाँडफाँडका लागि समिति बनाएको छ ।

शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले ११ सदस्यीय समिति बनाएको हो ।

समितिमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाबाट ११ सदस्य राखिएको छ ।

जसमा कांग्रेसबाट कृष्ण सिटौला, ज्ञानेन्द्रबहादुर कार्की र गगन थापा, नेकपा माओवादी केन्द्रबाट देव गुरुङ र वर्षमान पुन, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टी (जसपा)बाट रकम चेम्जोङ र रामसहायप्रसाद यादव तथा राष्ट्रिय जनमोर्चाबाट सचिव हिमलाल पुरी र नेता आनन्द शर्मा सदस्य रहनुभएको छ ।

समितिलाई भदौभित्र सिट बाँडफाँटको निर्णयसहित प्रतिवेदन दिन भनिएको छ ।

सरकारले आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निपर्वाचन तय गरेको छ ।

साउनभित्रै सिट बाँडफाँट गर्न समयसिमा
समितिलाई साउन महिनाभित्रै सिट बाँडफाँटको मोडल प्रस्ताव गर्ने समयसीमा दिइएको छ ।

शीर्ष नेताहरुको बैठकले साउन मसान्तसम्म सिट बाँडफाँटको प्रस्ताव पेश गर्ने समयसीमा दिइएको छ।

प्रतिनिधि सभाका १ सय ६५ र प्रदेश सभाका ३ सय ३० सिटका लागि गठबन्धनबीच भागबण्डा हुनेछ ।

स्थानीय तह निर्वाचनको कमजोरी नदोहोर्याउने प्रतिवद्धता
बैठकले गएको स्थानीय तहमा भएको कमजोरी नदोहोर्याउने प्रतिवद्धता जाहेर गरिएको छ ।

यसअघि वैशाख ३० गते स्थानीय तहको निर्वाचनको लागि पनि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाइएको थियो। त्यो संयन्त्रले स्थानीय तहको तालमेल मोडालिटी बनाएको थियो।

तर, ३ सय स्थानीय तहमा मात्र तालमेल भएको, केही तालमेलमा गठबन्धनभित्र असहयोग भएपछि अहिले भने सुरुदेखि नै गठबन्धनले बनाएको समितिमार्फत निर्वाचन क्षेत्र बाँड्ने तयारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (100%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै