२५ मंसिर २०८२, बिहिबार
spot_img
२५ मंसिर २०८२, बिहिबार
spot_img

डिएसपी आफै गाजाँ फडानीमा उत्रिए पछि !

spot_img

रुद्रमणि भुसाल
अर्घाखाँची।जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले सन्धिखर्क नगरपालिकाका बिभिन्न ठाउँमा अबैध रुपमा खेती गरिएको करिव २५ सय गाजाँका बोटहरु फडानी गरी नष्ट गरिएको अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिएका छ्न ।

गाँजा लागुऔषध भएकाले गाँजा खेति, उत्पादन, खरिद विक्री तथा ओसारपसार गर्नेलाई लागुऔषध नियन्त्रण ऐन अनुसार कारवाही हुने रिजालाले बताए ।

विभिन्न ठाउँमा लगाईएका र आफै जंगलमा उम्रेको गाँजा खेती नसकिएसम्म फडानी कार्य जारी रहने प्रहरी निरिक्षक अर्जुन बस्नेतको भनाई छ । स्थानीय भाँगो नामको गाँजा लागु औषध अन्तरगत नेपालमा गैरकानुनी मानिदै आएको छ ।

पछिल्लो समय बिद्यालय र क्याम्पसमा पढ्ने बिद्यार्थी समेत कुलतमा फस्ने गरेकाले सबै अभिभावकले बिशेष निगरानी गर्न जरुरी रहेको डिएसपी रिजालले बताए ।

गाउँघरमा हुने कानुन बिपरितका कामलाई निरुसाहित गर्न जनप्रतिनिधि , संचारकर्मी, स्थानियले सहयोग गनुपर्ने उनको भनाइ छ ।

डिएसपी रिजालकोे नेतृत्वमा खटिएको १० जनाको प्रहरीटोलीले सन्धिखर्क नगरपालिकाको अर्घा,डिभर्ना लगायतका ठाउँमा अबैध गाजाँ नष्ट गरेको हो । रिजाल तीनदिन अघि दाङबाट सरुवा भएर अर्घाखाँचीको प्रहरी प्रमुखमा आएका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (50%)
  • दुःखी (0%)
  • अचम्मित (50%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै