३ माघ २०८२, शनिबार
spot_img
३ माघ २०८२, शनिबार
spot_img

कपिलवस्तुमा तिन-छठ्ठी पर्व मनाईदै

spot_img

प्रिन्स मिश्रा
कपिलवस्तु । पश्चिम तराईकाे मधेशी समुदायका आमाहरुले हिन्दु धर्म अनुसार नयाँ लुगा लगाई आफ्नो छोराहरुको सु-स्वस्थ, दीर्घायुको कामना गर्दै आज एक दिने बिशेष पुजा-पाठ गर्ने गर्छीन ।

आमाहरुले तिन-छट्ठी पर्व परम्परागत रुपमा मनाउदै आईरहेकी छिन। स्थानीय बृद्ध, पण्डित र जानकार अनुसार यो पर्व प्रत्येक वर्षको भाद्र कृष्णपक्ष ललही छठको तिथीमा मनाइने गरिन्छ ।

यस पर्वमा घासे कुसमा ६ वटा गाँठ पारी महुवा र तिन्नी नाम गरेको चामलको पुजा पाठ गरी आफ्ना छोराहरुलाई टिका टाला गर्ने गरिन्छ। ब्रत बस्ने आमाहरु ले बिहान देखी गौधुली साझा सम्म निराजल रही साझा हुनु भन्दा अगावै तिन्नी चामलको भात पकाई साग र दही संग खाने गर्छिन।

तिन-छठ्ठीका ब्रत वस्ने ब्रतालुहरु जोतेको खेतमा न-जाने र जोतेको खेतबाट उत्पन्न भएका कुनै पनि फल र अन्न खान नहुने विश्वास रहेको छ ।

व्रतालु महिलाहरू घर भन्दा बाहिर खनजोत नगरिएको न खेतमा गई कुसमा ६ वटा गाँठ पारी पुजा गरी त्यही एक जुट भई केही समय सम्म बसी सबैले पालै पालो आमा र छोराको कथा-कहानी भन्ने गर्दछन भने कतिपय महिलाहरु आफ्नै घरमा कुश र महुवा ल्याई घरै बसी पुजा पाठ गर्ने गरेको पाइन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै