२१ कार्तिक २०८२, शुक्रबार
spot_img
२१ कार्तिक २०८२, शुक्रबार
spot_img

‘जनताको साथमा कांग्रेस’ अभियान सफल बनाउन कांग्रेस लुम्बिनीले खटायो प्रतिनिधि (सूचीसहित)

spot_img

बुटवल  । नेपाली कांग्रेसको राष्ट्रव्यापी ‘जनताको साथमा कांग्रेस’ अभियान सफल बनाउन कांग्रेस लुम्बिनी प्रदेशले प्रदेशका सबै निर्वाचनमा क्षेत्रमा प्रतिनिधि खटाएको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभा सदस्य निर्वाचन केन्द्रीत रहेर कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिको साउन २९ गते बसेको बैठकको निर्णय अनुसार पदाधीकारी एवं सदस्यहरुलाई प्रदेशका सबै निर्वाचनमा केन्द्रमा खटाईएको प्रदेश सभापति अमरसिंह पुनले जानकारी दिए ।

‘जनताको साथमा कांग्रेस’ अभियान भदौ १० गतेबाट सुरु हुँदैछ । यसअघि कांग्रेस केन्द्रीय समितिले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरूलाई खटाइसकेको छ । साथै, अभियान सुरु हुनु दुई दिन अघि नै जिल्लामा पुग्न निर्देशन दिइसकेको छ ।

कांग्रेस लुम्बिनी प्रदेशले उपसभापतिद्धय भुवनप्रसाद श्रेष्ठलाई अर्घाखाँची (क) र राजु खनाललाई बाँके २ (क) मा खटाएको छ । महामन्त्रीद्धय सुरेन्द्र आचार्यलाई दाङ १ (क), बिक्रम खनाललाई रुपन्देही १ (क), कोषाध्यक्ष प्रकाश रानालाई नवलपरासी २ (क) मा खटाएको छ ।

सहमहामन्त्रीहरु विष्णुप्रसाद खनाल मुस्कानलाई गुल्मी १ (ख), खगराज पाण्डेलाई बर्दिया १ (ख) र निमा गिरीलाई रुपन्देही ३ (ख) मा खटाएको छ भने प्रवक्ता प्रचण्ड विक्रम न्यौपानेलाई बर्दिया २ (क) मा खटाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै