२१ कार्तिक २०८२, शुक्रबार
spot_img
२१ कार्तिक २०८२, शुक्रबार
spot_img

अर्घाखाँची: आदर्श माध्यमिक विद्यालयको६८औं वार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न

spot_img

विवश थापा
अर्घाखाँची
सन्धिखर्क नगरपालिका वार्ड नं. ७ खाचीकोटमा रहेको आदर्श माध्यमिक विद्यालयको६८औं वार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ ।

सन्धिखर्क नगरपालिकाका शिक्षा प्रमुख मन्जु पाैडेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा विद्यालयबाट विदाइ भएर जाने शिक्षकहरुलाइ सम्मान गरिएको थियो। अबिभावकहरुको व्यापक उपस्थितिमा आयोजना गरिएको उक्त कार्यक्रममा शि.नारायण प्र.पाैडेल, ईमान टण्डन र चुरा बहादुर के.सी.लाई विदाइ तथा सम्मान समेत गरिएको थियोे। वार्षिकोत्सबको अवसर पारेर त्यस क्षेत्रमा क्रियाशील बागमारा सामुदायिक क्लबले फुल राख्ने गमलाहरू वितरण गरेको थियोे।

त्यसैगरी यस विद्यालयमा २०६५सालमा एस.एल.सी.दिएका पुर्व विद्यार्थीहरूले विद्यालयको लागि आवश्यक पर्ने साउण्ड सिस्टम वितरण गरेका छन्। विद्यालयका प्रधानाध्यापक तथा कार्यक्रमका अध्यक्ष डिल्लिराज थापाले लामो समय विद्यालयमा रहि योगदान पुर्याउने शिक्षकहरुको सम्मानले असल सस्कारको सुरुवात भएको र कार्यरत शिक्षकलाइ पनि हौसला थप्ने बताएका थिए ।

शिक्षक टोपलाल पोख्रेलको स्वागत मन्तव्यसगै सुरु भएको उक्त कार्यक्रमको सन्चालन शिक्षक मोहन पुरीले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै