२५ मंसिर २०८२, बिहिबार
spot_img
२५ मंसिर २०८२, बिहिबार
spot_img

वित्तीय साक्षरता सिकाउँदै मेगा बैंक

spot_img

श्रृजन भुसाल
अर्घाखाँची ।  मेगा बैंक नेपाल लिमिटेड अर्घाखाँची शाखाले एग्रो फरेष्टी बहुप्राविधिक शिक्षालयका विद्यार्थीका लागि वित्तीय साक्षरता कार्यक्रम गरेको छ ।

जिल्लाका बिभिन्न ठाउँमा वित्तीय साक्षरता कार्यक्रम गरिसकेको मेगा बैंकले शुक्रबार एक दिवसीय वित्तीय साक्षरता कार्यक्रम गरेको हो ।

कार्यक्रममा मेगा बैंक अर्घाखाँची शाखाका प्रबन्धक लक्ष्मण क्षेत्रीले वित्तीय कारोबार, भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादनमुलक लगानी, पारिवारिक बजेट तथा योजना, जोखिम न्यूनीकरणका साथै मेगा बैंकका बचत तथा कर्जा योजना, बैंकको नेटवर्क लगायतका बारेमा जानकारी गराउनुभएको थियो ।

जिल्लाको छत्रदेब गाउँपालिका स्थित एग्रो फरेष्टी बहुप्राविधिक शिक्षालयका बिद्यार्थीहरुलाई बित्तीय क्षेत्रको बारेमा जानकारी दिने उद्धेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

बिद्यार्थीहरुलाई लक्षित गरि बितिय साक्षरता कार्यक्रम गरेकोमा फरेष्टी बहुप्राविधिक शिक्षालयका उप प्रधानाध्यापक सराेज भट्टराईले मेगा बैकलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

उक्त कार्यक्रममा मेगा बैंक नेपाल लिमिटेड का कर्मचारी श्रृजन भुसाल , नारायण आचार्य र ईश्वरी प्रसाद पाण्डे लगायतकाे उपस्थिति रहेको थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै